Epost Nepal

माधवकुमार नेपालको राजनीतिक प्रतिवदेन: सरकारको स्थिरतामा प्रश्न उठिरहने अवस्था छ

३१ बैशाख, काठमाडौं – एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा र प्रदेश सभा सबै त्रिसङ्कु भएको र सबैतिर गठबन्धन सरकार बनाउनु पर्ने अबस्था भएकाले सरकारको स्थिरतामा प्रश्न उठेको बताएका छन् ।

पार्टीको सोमबार बसेको पोलिटव्यूरो बैठकमा राजनीतिक प्रतिवदेन प्रस्तुत गर्दै अध्यक्ष माधवकुमार नेपालले सरकारको स्थिरतामा प्रश्न उठेको उल्लेख गरेका हुन् ।

‘प्रतिनिधि सभा र प्रदेश सभा सबै त्रिसङ्कु भएको र सबैतिर गठबन्धन सरकार बनाउनु पर्ने अबस्था भएकाले सरकारको स्थिरतामा प्रश्न उठिरहने अवस्था छ’ बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘वर्तमान पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरूको वर्गाधार, वर्ग चरित्र र दृ ष्टिकोण फरक फरक भएता पनि संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै मुलुकलाई संविधानले निर्देश गरेको समाजवाद उन्मुख दिशामा अगाडि बढाउने  सवालमा सहमत भएर गठबन्धनमा रही सहकार्य  गरिरहेका छन् । साझा सहमतिका आधारमा सरकार निर्माण गरी सञ्चालन गरिरहेका छन्  ।’

उनले मुलुकमा भएका घटनाक्रमले गठबन्धन भत्किने र बन्ने क्रम चलिरहेको बताएका छन् । ‘सन्तुलनका आधारमा आज जे जस्ता राजनीतिक कार्यहरू भैरहेका छन्  यो नै आजको तात्कालिक राजनीतिक परिस्थिति हो’ नेपालको प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनबाट प्रतिनिधि सभा र प्रदेश सभा कहिं पनि कु नै एक राजनीतिक दलको बहुमत नआएको हुनाले संघ र प्रदेश सबैमा गठबन्धन सरकार बनाउनु पर्ने बाध्यात्मक अवस्था छ । त्यसले गर्दा गठबन्धन बन्ने र भत्कने क्रम चलेको छ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search