३० बैशाख, काठमाडौं - इन्टरनेट सेवाप्रदायकले मर्मत सम्भारमा पनि ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र रोयल्टी दस्तुर तिर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन्सले दायर गरेका आठ ओटै रिट आइतवार खारेज गरेसँगै अब मर्मत सम्भारमा पनि दूरसञ्चार कर लाग्ने भएको हो । फैसलासँगै सरकारलाई दूरसञ्चार सेवाप्रदायकबाट रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क असुलीको बाटो खुलेको छ । आफूहरुले लिएको मर्मतसम्भार शुल्कमा कर नलाग्ने दाबी गर्दै वर्ल्डलिङ्कले दायर गरेको रिट निवेदनमाथि आइतवार सुनुवाइ गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले वर्ल्डलिंकको माग दावी नै अस्वीकार गरिदिएको छ । सरकारले मर्मतसम्भार शुल्कमा पनि कर तिर्नुपर्ने निर्णय गरेपछि आईएसपीहरूले लामो समयदेखि विरोध जनाउँदै…
३० बैशाख, काठमाडौं - सुरक्षण मुद्रणका उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ सहित ६ जना र कम्पनी उपर भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त केन्द्रमा उपकरण खरिद गर्दा साढे ४० करोड रूपैयाँ बढी भ्रष्टाचार भएको आरोप लगाउँदै पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा, केन्द्रकै शाखा अधिकृत हरिबल्लभ घिमिरे, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नवीन कुमार पोखरेल र उपकरण खरिद गर्ने ठेक्का पाएको म्याक्स इन्टरनेशनल र त्यसका सञ्चालक अकबर हुसेन विरुद्ध आइतवार मुद्दा दायर…
३० बैशाख, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिनाअवरोध प्रस्तुत हुने दाबी गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री दाहालले आइतबार बिहान कांग्रेस नेतृत्वसँग गम्भिरतापूर्वक छलफल गरेको र भोलि बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढ्ने वातावरण बन्ने विश्वास व्यक्त गरे । उनले कांग्रेससँग सहमतिको ढोका खोल्नका लागि आफूले गम्भिरतापूर्वक छलफल गरेको पनि स्पष्ट पारे । आइतबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री दाहालले कांग्रेससँग सोमबार (भोलि) बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने…
३० बैशाख, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको जनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस नेताहरुबीच भएको बैठकमा प्रधानमन्त्री सहकारी प्रकरणको अनुसन्धानका लागि संसदीय समिति बनाउन सकारात्मक भएका हुन् । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग राखेको र प्रधानमन्त्री त्यसमा विषयमा सकारात्मक भएको जानकारी दिए । ‘सहरकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा प्रधानमन्त्रीज्यूसँग कुराकानी भयो,' नेता लेखकले भने, 'प्रधानमन्त्रीज्यूले सकारात्मक ढंगले लिनुभएको छ । सकारात्मक कुरा नै छ । हामीले…