Epost Nepal

पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना

पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना

पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना

१२ असार, काठमाडौं - पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ भने दुई जना बेपत्ता छन् । प्राधिकरणका प्रवक्ता उपसचिव डिजन भट्टराईले ती घटनामा १० जना घाइते भएका र सबै क्षेत्रमा गरेर १९ लाखभन्दा बढी आर्थिक क्षति भएको जानकारी दिए । उनले विभिन्न क्षेत्रका १० ठाउँमा सडक अवरुद्ध भएको र १४ वटा पशु चौपायको क्षति भएको जानकारी दिए । प्राधिकरणबाट बुधबार साँझ प्राप्त विवरणअनुसार पहिरोबाट आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । चट्याङबाट पाँच जनाको मृत्यु र…
Read More
सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने

सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने

१२ असार, काठमाडौं - प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने भएको छ । यही असार ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज गरेर साउन १ गतेदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याउने तथा गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । “साउनदेखि सिंहदरबार प्रवेशका लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज हुनेछन्, कसले पास लिए त्यसको रेकर्ड पनि रहने भएकाले अब इ–गेटपास प्रणाली प्रयोगमा ल्याइनेछ,” उनले भने । विगतमा विभिन्न मन्त्रालयबाट जारी गरिएका अस्थायी पास दुरुपयोग भएका गुनासा बढेपछि अहिले ती पास…
Read More
९ वटा सहकारीको कागजात झिकाउने संसदीय छानबिन समितिको निर्णय

९ वटा सहकारीको कागजात झिकाउने संसदीय छानबिन समितिको निर्णय

१२ असार, काठमाडौं - सहकारी संस्थाका बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले कार्यविधिको अनुसूची २ मा रहेका ९ वटा सहकारीका कागजात माग गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले कार्यविधिको अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाहरूको कागजात माग गर्ने निर्णय गरेको हो । समितिका सभापति सूर्यबहादुर थापाले अनुसूची २ मा रहेका आइडियल यमुना बहुउद्देश्यीय संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था लि., सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी…
Read More
पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन गर्न र नगरे पद छोडेर घर जान कांग्रेसका महामन्त्री गगन थापाको आग्रह

पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन गर्न र नगरे पद छोडेर घर जान कांग्रेसका महामन्त्री गगन थापाको आग्रह

११ असार, काठमाडौं - कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा पार्टी १०० क्षेत्र प्रत्यक्षमा जित्ने गरी लाग्नुपर्ने बताएका छन् । उनले प्रतिनिधिसभाको निर्वाचन २०८४ मा कांग्रेस एक्लैले बहुमत ल्याउनुपर्ने र त्यसका लागि १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १०० क्षेत्र प्रत्यक्षमा जित्ने र समानुपातिकतर्फ ४० प्रतिशत मत ल्याउने लक्ष्य लिएर अगाडि बढ्नुपर्ने बताए । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै थापाले पार्टी अब सत्ता भन्दा पनि पार्टी निर्माणतिर लाग्नुपर्ने बताए । 'यो संसद्को बाँकी अवधि कांग्रेसले सत्तातिर हेर्नुहुँदैन, पार्टी निर्माणमा लाग्नुपर्छ, २०८४ को निर्वाचनमा २०४८ जस्तै ४० प्रतिशत मतसहित बहुमत ल्याउने गरी लागौँ, एक…
Read More
कोशी प्रदेश सरकार गठनविरुद्ध कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज

कोशी प्रदेश सरकार गठनविरुद्ध कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज

११ असार, काठमाडौं - कोशी प्रदेश सरकार गठनविरुद्ध कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले एमाले-माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारविरुद्ध केदार कार्कीले दायर गरेको रिट खारेजको फैसला गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अजीज मुसलमानको इजलासले केदार कार्कीले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो । कांग्रेसका केदार कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन परमादेश माग्दै दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै रिट खारेजीको फैसला भएको हो । पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, प्रदेश सभामुख अम्बरबहादुर विष्ट, एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कार्की,…
Read More
नयाँ-नयाँ विधाका योग्य र सक्षम युवाहरूलाई अगाडि बढाउन आवश्यक छ: माधवकुमार नेपाल

नयाँ-नयाँ विधाका योग्य र सक्षम युवाहरूलाई अगाडि बढाउन आवश्यक छ: माधवकुमार नेपाल

११ असार, काठमाडौं - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्तिविरुद्ध नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू समाजलाई रुपान्तरण गर्न, समाजवादी दिशामा जान चाहेको बताएका हुन् । नयाँ-नयाँ विधाका योग्य र सक्षम युवाहरूलाई अगाडि बढाउन आवश्यक रहेको पनि उनले बताए ।  ‘हामी यो समाजलाई रूपान्तरण गर्न चाहन्छौँ, समाजवादी दिशामा जान चाहन्छौँ, त्यसका लागि समाजवादी संस्कृतिको विकास गर्न चाहन्छौँ, पुँजीवादी संस्कृतिका बिरुद्धमा समाजमा रहेका सबै विसंगति र विकृतिका विरुद्धमा व्यक्तिहरुमा रहेको व्यक्तिवाददेखि लिएर चरम महत्त्वाकांक्षादेखि लिएर अनेकौँ खालका त्यस्ता गलत प्रवृत्तिका विरुद्धमा हामी नयाँ सांस्कृतिक जागरण पैदा गर्न चाहन्छौँ।…
Read More
बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजन दोषी ठहर

बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजन दोषी ठहर

१० असार, काठमाडौं - बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजन दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीले सोमबार बम्जनलाई दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई बालयौन दुरुपयोगमा दोषी ठहराएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । बम्जनमाथि सजाय निर्धारणका लागि भने पछि पेसी तोकिने जिल्ला अदालतले जनाएको छ । बम्जनविरुद्ध बालयौन दुरुपयोगमा नाम थर परिवर्तित २२ जिल्ला बस्ने (क१) को छोरी वर्ष १८ की परिवर्तित (क) को जाहेरी परेको थियो । सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत पुस २४ गते बुढानीलकण्ठस्थित गत  एक घरबाट…
Read More
फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश

फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश

१० असार, काठमाडौं - सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ। गण्डकी प्रदेश सभाका सदस्य फणिन्द्र देवकोटाले सरकारलाई विश्वासको मत दिने क्रममा पार्टी ह्वीप उल्लंघन गरेको भनी माओवादी केन्द्रले गरेको कारबाही असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सोमबार अन्तरिम आदेश जारी गर्दै देवकोटालाई भएको कारबाही कार्यान्वयन नगर्नू/नगराउनू भनेको छ । सर्वोच्च अदालतले देवकोटा गण्डकी प्रदेश सभा सदस्य रहेको र नेपाल समाजवादी पार्टीसँग आवद्ध भएको तथ्य उल्लेख गरेको छ । 'निवेदक नेपाल समाजवादी पार्टीसँग आवद्ध रहेको र सो पार्टी निवेदकले त्याग…
Read More
कांग्रेसभित्र थोरै फोहोर गर्ने मानिसका कारण पार्टी बद्नाम भइरहेको छ: गगनकुमार थापा

कांग्रेसभित्र थोरै फोहोर गर्ने मानिसका कारण पार्टी बद्नाम भइरहेको छ: गगनकुमार थापा

१० असार, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिसहरू धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण पार्टी बद्नाम भइरहेको बताए । सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको महामन्त्री थापाको भनाइ छ । 'नेपाली कांग्रेसमा योगदान दिनुभएका पात्रहरूलाई हामीले गाउँ-गाउँबाट खोज्न आवश्यक छ । किनभने कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ । कांग्रेसभित्रको फोहोर सफा गर्नका निम्ति ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन । काँग्रेसभित्रको फोहोर सफा…
Read More
विशेष पद सिर्जना गरी निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई  योजना आयोगमा सरुवा

विशेष पद सिर्जना गरी निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई योजना आयोगमा सरुवा

१० असार, काठमाडौं - सरकारले निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई सरुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो । मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुनबमोजिम निज स्वतः निलम्बनमा परेको बताइन् । उनले हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उनलाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको बताइन् । उनले भनिन्, ‘नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search