Epost Nepal

एमाले महाधिवेशन: राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिए, ओली नेतृत्वलाईगरे समर्थन

एमाले महाधिवेशन: राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिए, ओली नेतृत्वलाईगरे समर्थन

एमाले महाधिवेशन: राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिए, ओली नेतृत्वलाईगरे समर्थन

१ पुष, काठमाडौं — नेकपा एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव पदका लागि उम्मेदवारी दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। फेसबुकमार्फत जानकारी दिँदै उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। उनले उल्लेख गरेका छन्, ‘पार्टीको ११औँ महाधिवेशनको आज चौथो दिन हो। राष्ट्रिय संकट र चौतर्फी घेराबन्दीको अवस्थाबीच सम्पन्न भइरहेको यस महाधिवेशनमा जनताबाट प्राप्त व्यापक सहभागिता र समर्थनप्रति हार्दिक सम्मान व्यक्त गर्दै, केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई विजय गराउने उद्देश्यले पार्टी नेतृत्वको सुझाव र सल्लाहअनुसार उपमहासचिव पदको उम्मेदवारी फिर्ता लिएको छु। यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा अमूल्य मत प्राप्त हुने विश्वास लिएको छु। धन्यवाद।
Read More
जेन-जी आन्दोलनका घाइतेहरुलाई दिइँदै आएको परिचयपत्र वितरण स्थगित

जेन-जी आन्दोलनका घाइतेहरुलाई दिइँदै आएको परिचयपत्र वितरण स्थगित

२९ मंसिर, काठमाडौं — काठमाडौं जिल्ला प्रशासन कार्यालयले जेन–जी आन्दोलनका क्रममा घाइते भएकालाई वितरण गरिँदै आएको परिचयपत्र हाललाई स्थगित गरेको छ। सोमबार जारी गरिएको सूचनामा गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको घाइतेको सूचीबाहिरका व्यक्तिहरू पनि परिचयपत्र लिन आउन थालेपछि वितरण रोक्ने निर्णय गरिएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयको वेबसाइटमा प्रकाशित घाइते नामावलीभन्दा बाहिरका व्यक्तिहरू पनि जेन–जी घाइते परिचयपत्रको प्रयोजनका लागि आउने क्रम बढ्दै गएकाले यस विषयमा गृह मन्त्रालयको निर्देशन आवश्यक देखिएको छ। त्यसैले अर्को व्यवस्था नभएसम्म जेन–जी घाइते परिचयपत्र वितरणको कार्य स्थगन गरिएको जानकारी गराइन्छ।’ यसअघि गृह मन्त्रालयको निर्देशनअनुसार देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट घाइतेको परिचयपत्र वितरण हुँदै…
Read More
पतञ्जली जग्गा प्रकरण: तामेलीमा राखिएको माधव नेपालको मुद्दा फाइल झिकाउन आदेश

पतञ्जली जग्गा प्रकरण: तामेलीमा राखिएको माधव नेपालको मुद्दा फाइल झिकाउन आदेश

२९ मंसिर, काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालविरुद्ध परेको उजुरीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तामेलीमा राख्ने निर्णय गरेको विषयमा विशेष अदालतले फाइल झिकाउन आदेश दिएको छ। सोमबार न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले पतञ्जलीको जग्गासम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियारले उजुरी तामेलीमा राख्ने गरी गरेको निर्णयको फाइल झिकाउन आदेश गरेको हो। अख्तियारले २०६९ मंसिर २५ गते उक्त उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो। अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दाको विषय सम्बद्ध उजुरीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मिति २०६९/०८/२५ मा भएको निर्णयसहितको फाइल झिकाउनू।’ माधव नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलगायतले बहस गरेका थिए। वकिलहरूले उजुरी तामेलीमा राख्ने गरी…
Read More
नेप्से ६.७४ अंकले बढेर २६०१ मा, कारोबार रकमभने घट्यो

नेप्से ६.७४ अंकले बढेर २६०१ मा, कारोबार रकमभने घट्यो

२९ मंसिर, काठमाडौं — सोमबार सेयर बजारको परिसूचक नेप्से ६.७४ अंकले बढेको छ। यससँगै नेप्से २६०१ अंकमा पुगेको छ। तर कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ४४ करोडमा सीमित भएको हो। आज १५५ कम्पनीको सेयर मूल्य बढ्यो भने ९४ कम्पनीको घट्यो र १० कम्पनीको मूल्य स्थिर रह्यो। नेप्से वृद्धिमा बैंकिङ समूहले मुख्य भूमिका खेलेको छ। यद्यपि सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कममै सीमित रह्यो। बैंकिङ ०.७२, विकास बैंक ०.३३, फाइनान्स ०.९०, हाइड्रोपावर ०.०६, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७ र व्यापार समूह ०.२७ प्रतिशतले बढेका छन्। होटल…
Read More
भृकुटीमण्डपमा ओलीले गरे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता

भृकुटीमण्डपमा ओलीले गरे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता

२९ मंसिर, काठमाडौं —  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गरेका छन्। ११औँ महाधिवेशन जारी रहेको भृकुटीमण्डपस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्। यससँगै ओली तेस्रो पटक अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेका छन्। उनी नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए।
Read More
चार महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो

चार महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो

२९ मंसिर, काठमाडौं — चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक) मा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स मुलुकमा भित्रिएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.४ प्रतिशतले बढी हो। गत वर्ष पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ०८२ कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। राष्ट्र बैंकको चार महिनाको मासिक प्रतिवेदनमा भनिएको छ, ‘गएको चार महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब…
Read More
विवादपछि महान्यायाधिवक्ता भण्डारी, ट्रान्सपरेन्सी इन्टरनेशनलबाट निलम्बित

विवादपछि महान्यायाधिवक्ता भण्डारी, ट्रान्सपरेन्सी इन्टरनेशनलबाट निलम्बित

२८ मंसिर, काठमाडौं — ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। उनी सार्वजनिक पदमा पुगेपछि विभिन्न विवादमा जोडिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले यस्तो निर्णय गरेको हो। कार्यसमितिका एक सदस्यले भने, ‘हाम्रो संस्थाका आफ्नै मूल्यमान्यता र विश्वास छन्। कतिपय अवस्थामा संस्था र त्यसका पदाधिकारीहरूमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यसको सम्बोधन हुनुपर्छ भन्ने हाम्रो धारणा हो। त्यसैले अहिलेलाई अस्थायी रूपमा उहाँबारे यस्तो निर्णय लिएका हौं।’ उनका अनुसार विवाद सुरु भएदेखि नै भण्डारी बराललाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिइएको थियो, तर उनले त्यसलाई अस्वीकार गरेकी थिइन्। तर विषयवस्तु स्पष्ट भएमा निलम्बनबारे पुनः विचार गर्न सकिने उनले बताए। उनका अनुसार…
Read More
एमाले उपाध्यक्ष युवराज ज्ञवालीको घोषणा: ‘७० वर्ष पुगेँ, महाधिवेशन लड्दिनँ’

एमाले उपाध्यक्ष युवराज ज्ञवालीको घोषणा: ‘७० वर्ष पुगेँ, महाधिवेशन लड्दिनँ’

२८ मंसिर, काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफू ७० वर्ष पुगेको भन्दै पार्टीको महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले अब चुनाव नलड्ने स्पष्ट पारेका हुन्। ‘म ७० वर्ष पुगेँ, अब फेरि चुनाव उठ्दिनँ,’ उनले भने। उनले एमालेमा ७० वर्षे उमेरहद लागू हुनुपर्ने पक्षमा पनि आफ्नो धारणा राखेका छन्। यद्यपि उनले आफू एमालेमै सक्रिय रहने बताएका छन्।
Read More
एमालेको ११औँ महाधिवेशनको बन्द सत्र आज, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने

एमालेको ११औँ महाधिवेशनको बन्द सत्र आज, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने

२८ मंसिर, काठमाडौं — नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत बन्द सत्र आज अपरान्हदेखि सुरु हुने भएको छ। बिहानैदेखि सुरु गर्ने तयारी गरिएको बन्द सत्र समय सर्दै अन्ततः दिउँसो १ बजेका लागि तय गरिएको हो। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा गरिएको भए पनि बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। बन्द सत्र सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। यो बैठक वर्तमान कार्यकालको अन्तिम केन्द्रीय कमिटी बैठक हो। केन्द्रीय कमिटीको बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक अवस्था तथा बन्द सत्रका कार्यक्रमबारे छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए। बैठकपछि बन्द सत्र सुरु हुने कार्यक्रम छ। बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन…
Read More
कुलमानप्रति प्रचण्डको टिप्पणी: ‘जुन थालमा खाए, त्यहीँ छेद’

कुलमानप्रति प्रचण्डको टिप्पणी: ‘जुन थालमा खाए, त्यहीँ छेद’

२८ मंसिर, काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान घिसिङले गुन बिर्सिएको टिप्पणी गरेका छन्। कुलमानले ‘जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको’ भन्दै प्रचण्डले त्यसो नगर्न चेतावनी  पनि दिएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही थालमा छेद हाल्न खोज्याछन्। तिनले त्यसो नगरुन् भन्न चाहान्छु। कुलमानको बुद्धि फिरोस्।’ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री छन्। मन्त्री पदमा रहँदै उनले उज्यालो नेपाल पार्टीमार्फत राजनीतिमा प्रवेश गरेका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search