१२ असोज, काठमाडौं - अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा मात्रै २१ जनाको मृत्यु भएको छ । वर्षाकै कारण पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् । सात सय २८ जनाको उद्धार गरिएको छ । काठमाडाैं प्रहरीका एसएसपी बसन्त रजाैरेले अरु केही हराईरहेकाे र खाेजी कार्य जारी रहेकाे बताए । प्रहरीका अनुसार काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु भएको हो । अविरल वर्षाका कारण बागमती, बिष्णुमति, रुद्रमति, नख्खु, बल्खुलगायतका नदी तथा खाेलाकाे बहाव खतराकाे तहभन्दा माथि बगिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । डुवानले ठूलाे धनमालकाे पनि क्षति भएपनि…
१२ असोज, काठमाडौं - निरन्तरको अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । काठमाडौंमा मात्र उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले जानकारी दिए । काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिबार करिब २०० मेगावाट मात्र रहेको उनको भनाइ छ । बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरु प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट…
१२ असोज, सुनसरी - निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । लगातारको वर्षाका कारण पानीको बहाव बढेपछि सप्तकोसी नदीमा खतरा उत्पन्न भएको हो । पानीको बहाब बढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ । बाढीबाट हुने सम्भावित घटनालाई ध्यान दिँदै कोशी आसपासका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । सप्तकोसी नदीमा पानीको बहाव प्रति सेकेन्ड ४ लाख ४९ हजार ६८० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
१२ असोज, सिन्धुली - सिन्धुलीको सुनकोसी गाउँपालिका स्थित मुलकोट र गोन्जोर गाउँपालिकाको खुर्कोट बजारमा सुनकोसी नदी पसेको छ । सुनकोसीमा आएको बाढीले डुबाउँदा मुलकोटका पशुपति प्राविका साथै दर्जनौं घर तथा रिसोर्ट डुवानमा परेका छन् । त्यस्तै खुर्कोटमा बसपार्क, सशस्त्र प्रहरीको बेस क्याम्पका साथै दर्जनौं घर तथा होटलहरू डुबेका छन् ।
१२ असोज, काठमाडौं - अविरल वर्षाका कारण आएको बाढीले सडक बगाएपछि बीपी राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ । बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्ड अन्तर्गत सुनकोसी गाउँपालिका-१ नेपालथोक नजिक रोशी खोलाको सडक बगाएपछि शनिबार बिहानैदेखि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो । कालोपत्रे सहितको सडक बगाएर खोलाको बाढी भित्तामा नै पुगेकाले नघटेसम्म यातायात सञ्चालन हुन नसक्ने सिन्धुली प्रहरीले जनाएको छ । बीपी राजमार्गमा घेरै ठाउँमा पहिरो झरेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न प्रहरीले सुझाएको छ ।
१२ असोज, काठमाडौं - देशका धेरै स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर मनसुनी वायुका साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर पानी पर्ने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ । त्यस्तै कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुने र यी प्रदेशका थोरै स्थानमा मुसलधारे पानी पर्ने महाशाखाले जनाएको छ । आज देशको तराई क्षेत्रमा हावाहुरी आउने जनाइएको छ । आज राती पनि देशैभर वर्षा हुने जनाइएको छ । बागमती, गण्डकी, लुम्बिनी,…
१२ असोज, मकवानपुर - अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि ड्यामको ढोका खोलिएको छ । शनिबार बिहान करिब ५ बजे कुलेखानी जलाशय ओभर फ्लो भएपछि ड्यामको ढोका खोलिएको हो । ३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टका अनुसार अहिले प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको छ । गत वर्ष…
१२ असोज, काठमाडौं - अविरल वर्षाका कारण आएको पहिरोले पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । पृथ्वी राजमार्गका तीन ठाउँमा पहिरो आएको छ भने त्रिभुवन राजपथको सिस्ने खोलाको लेदो पन्छाइएको भए पनि लगातारको वर्षाले सवारी सञ्चालन हुने अवस्था छैन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा, सलाङघाट, गल्छीको चिरौँदीमा र त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकको झ्याप्ले खोलामा पहिरो खसेको छ । अन्य स्थानमा पहिरो खस्ने र पन्छाउने क्रम जारी छ । पहिरोको कारण राजमार्ग पूर्ण रूपमा बन्द छ । राजमार्गमा पहिरोको जोखिम भएकाले प्रहरीले सवारी साधनलाई सुरक्षित स्थानमा रोकेर बस्न आग्रह गरेको छ ।
११ असोज, काठमाडौं -बागमती नदीले खतराको तह पार गरेको छ । उपत्यकाको खोकना जल मापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ । यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर करिब पाँच मिटरमा पुगेको छ । अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र बस्नेहरूलाई शनिबार दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका अन्य खोला र नदीहरूको पानी सावधानीको तहमा पुगेको छ । यस्तै साँझ बारा जिल्लास्थित पसाहा खोला, महेशपुर जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा…
११ असोज, पोखरा - सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । असोज ६ मा काठमाडौंको शंखमूलबाट पक्राउ परेका जोशीलाई त्यसै दिन जहाजमार्फत पोखरा ल्याइएको थियो । भोलिपल्ट अदालतमा उपस्थित गराएर प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धन गर्न अनुमति मागेको थियो । अदालतले दिएको ५ दिनको अनुमति शुक्रबार पूरा भएसँगै पुनः म्याद थप भएको हो । गोर्खा मिडिया प्रालिमा विभिन्न ५ सहकारीबाट ६५ करोड रुपैयाँभन्दा बढी रकम गैरकानुनी रुपमा भित्र्याएर अपचलन गरेको भन्दै सहकारीको बचत रकम छानबिनका लागि गठित संसदीय विशेष समितिले उनलाई समेत…