१२ असोज, काठमाडौं – अविरल वर्षाका कारण आएको बाढीले सडक बगाएपछि बीपी राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।
बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्ड अन्तर्गत सुनकोसी गाउँपालिका-१ नेपालथोक नजिक रोशी खोलाको सडक बगाएपछि शनिबार बिहानैदेखि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो ।
कालोपत्रे सहितको सडक बगाएर खोलाको बाढी भित्तामा नै पुगेकाले नघटेसम्म यातायात सञ्चालन हुन नसक्ने सिन्धुली प्रहरीले जनाएको छ । बीपी राजमार्गमा घेरै ठाउँमा पहिरो झरेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न प्रहरीले सुझाएको छ ।



