२३ जेठ, काठमाडौं - मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा यादवले ५० मतमात्र पाए । उनको विपक्षमा ५३ सांसदले मत गरे । आजको बैठकमा १०३ सांसद उपस्थित थिए । मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका हुन् । विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् । जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका यादवले पार्टी विभाजन भएको ३०औँ दिनमा विश्वासको मत मागेका थिए । आज विश्वासको मत नलिए उनी स्वत: पदमुक्त हुने थिए । संविधानको धारा १८८ को…
२३ जेठ, काठमाडौं - काठमाडौंको चाबहिलमा एक पुरुषले श्रीमती र ३ छोरी सहित आफैँमाथि पेट्रोल खनाएर आगो लगाएका छन् । गएराति चाबहिलको सरस्वतीनगर बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले आफूसहित श्रीमती विन्दु सिंह र तीन छोरीहरूलाई पेट्रोल छर्केर आगो लगाएका हुन् । आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । २४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ । १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको बर्न अस्पतालले जनाएको छ । अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको…
२३ जेठ, पोखरा - पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । बुधबार बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । झन्डा देखाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ पुरुष र ५ महिला छन् । उनीहरू र प्रहरीबीच केहीबेर घम्साघम्सी भएको थियो । पीडितहरूले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री दाहाल पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन मंगलबार साँझ पोखरा…
२३ जेठ, काठमाडौं - भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) लोकसभा निर्वाचनमा बहुमत ल्याउन असफल भएको छ । पछिल्ला दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदीलाई यस पटक भने सरकार बनाउन गठबन्धनमा आबद्ध दलहरूको भर पर्नुपर्ने स्थिति छ । भारतीय निर्वाचन आयोगको अन्तिम मतपरिणामअनुसार भाजपाले २ सय ४० सिट जितेको छ । ५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउन सामान्य बहुमत २ सय ७२ चाहिन्छ । भाजपा बहुमतबाट ३२ सिटले पछाडि छ । यद्यपि भाजपा नेतृत्वको एनडीए गठबन्धनले २ सय ९३ सिट जितेको छ । त्यसमा आन्ध्रप्रदेशको चन्द्रबाबु नायडु नेतृत्वको तेलेगु देशम पार्टीले १६ र बिहारको नितिश कुमारको जनता दल…
२२ जेठ, काठमाडौं - जनता समाजवादी नेतृत्वको मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । मधेसमा एकीकृत समाजवादीका दुई जना मन्त्रीहरूले मंगलबार पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन् । मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा (एमाले), माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरेका थिए। १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ। एमालेका सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् । साथै नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक सांसद रहेका छन् ।
२२ जेठ, काठमाडौं - नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी काम अबिलम्व टुंग्याउनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद सिटौलाले तत्कालिन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझैपनि न्याय नपाएका भन्दै उनीहरूलाई न्याय दिनका लागि अरु ढिलो गर्नु नहुने बताएका हुन् । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दल राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विवादको घेराबाट मुक्त हुन नसक्ने सिटौलाको भनाइ थियो । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसकेमा दलहरू बीचको विश्वास संकटग्रस्त बन्दै जाने पनि उनको भनाइ थियो । ‘सशस्त्र द्वन्द्वको दुईवटा मुल पाटो, एउटा राज्य छ । जसको सुरक्षा निकायको हातमा बन्दुक छ । त्यसका…
२१ जेठ, काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भइरहेको धावनमार्ग विस्तार लागि आउँदो कात्तिक २३ गते देखि ५ महिना सम्मका लागि राती १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा वायुसेवाहरुमा जारी सूचनाअनुसार, विमानस्थलमा जारी निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले ०८१ कात्तिक २३ देखि चैत १८ गतेसम्म राती १० बजेपछि उडान हुने छैनन् । यो अवधिमा त्रिभुवन अन्तर्राििष्ट्रय विमानस्थल हरेक दिन बिहान ८ बजेपछिमात्रै खुला हुने छ । अहिले काठमडौं विमानस्थल बिहान ६ बजे खुलेर राती २ बजेसम्म सेवा दिँदै आएको छ । ‘काठमाडौं विमानस्थलको धावनमार्ग र त्यससँग जोडिएको ट्याक्सी वे प्रणालीका विभिन्न…
२१ जेठ, काठमाडौं - सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् । सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जबाफ दिएका ओलीले गिरीबन्धुबारे मेयर शाहलाई सोध्न भनेका हुन्। मेयर शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी स्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए । सञ्चारकर्मीहरुको गिरीबन्धु टी स्टेटको कुरा एकदम आइरहेको छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस् !’
२१ जेठ, काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रति आक्रोश पोखेका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथमा फेरि सडक निर्माण थालिएको भन्दै आपत्ति जनाएका हुन् । उनले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोड क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको बताएका छन् । गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै बालेनले पीडितको बैना फिर्ता गर्न भनेका छन् । बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाएको भन्दै बालेनले फेसबुकमा लेखेका छन्, “झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर…
२० जेठ, काठमाडौं - सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार कारण देखाउ आदेश जारी गर्दै उक्त विषय चाँडो टुंगो लगाउनुपर्ने भएकाले अग्राधिकार दिँदै जेठ २८ गते अन्तरिम आदेश गर्ने/नगर्नेबारे छलफलका लागि बोलाएको छ । न्यायाधीश श्रेष्ठको इजलासले गृहमन्त्री लामिछाने उपर कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनाको विषयलाई लिएर कुनै उजुरी/जाहेरी परेको नदेखिएको भन्ने महान्यायाधिवक्ताको कार्यालयको पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी बेहोराको थप परीक्षण गरी…