८ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । प्रधानमन्त्री दाहालले भने, ‘अब हामी छिट्टै केन्द्रीय समितिको बैठक बसेर पार्टीबाट पनि अभियानात्मक रुपले लैजाने । अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो । मलाई अब धेरै…
८ असार, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो निर्वाचनसम्म आफ्नो पार्टी सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले त्यति बेलासम्म कांग्रेस प्रतिपक्षमै बस्नुपर्नेमा जोड दिए । “पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रस्टता र प्रतिबद्धताको आवश्यकता छ । यसलाई पूर्ण रूपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउन सकिन्छ,” उनले भने । महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत् छलफल गरिने बताए । निर्वाचनमा पार्टीको उमेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उनले औँल्याए । “निर्वाचनका लागि उमेदवार छान्न पार्टीभित्रका क्रियाशील सदस्यले…
७ असार, काठमाडौं - सरकारले आठ देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, डेनमार्क, बेलायत, मलेसियासहित ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो । पहिलो चरणमा एमाले, माओवादी र जसपाको कोटामा राजदूत बन्नेहरूको नाम सिफारिस भएको हो । रास्वापाको कोटाको पछि सिफारिस हुनेछन् । भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् । डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार…
७ असार, काठमाडौं - भन्सार विभागका अनुसार नेपालको १३४ मुलुकसँग व्यापार घाटा रहेको छ । सबैभन्दा बढी व्यापार घाटा भारत र चीनसँग रहेको विभागले जनाएको छ । विभागका अनुसार भारतसँग ८ अर्ब १३ करोड ७८ लाख रुपैयाँले व्यापार घाटा छ । भारतबाट ९ खर्ब ८ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९४ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु नेपालले निर्यात गरेको विभागले जनाएको छ । विभागका अनुसार चीनसँग २ खर्ब ७० अर्ब ४० करोड रुपैयाँले व्यापार घाटा छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म चीनबाट २ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ वस्तु आयात हुँदा नेपालबाट…
असार, काठमाडौं - चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम आयात भएको हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मम १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोढ रुपैयाँको वस्तु निर्यात भएको थियो । आयात र निर्यात घटेसँगै व्यापार घाटा पनि १.७२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ…
७ असार, काठमाडौं - बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कम्प्लेक्सका सञ्चालक पाठकका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको छ भने आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । बिहीबार साँझ लागेको आगो राति २ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आए पनि सबै सामान तथा भवन जलेर नष्ट भएका पाठकले बताए । मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ ६ः३० बजेदेखि आगलागी सुरु भएको र करिब आठ घण्टापछि निभाइएको थियो । ओम कम्प्लेक्समा स्टेसनरी, झण्डै…
६ असार, काठमाडौं - गण्डकी प्रदेशका मन्त्री तथा समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेशसभा सदस्य देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिँदा फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही सिफारिस गरेपछि गण्डकी प्रदेशसभाका सभामुखले पत्र पढेर उनलाई पदमुक्त भएको घोषणा गरेका थिए । आफूमाथि भएको कारबाही गैरकानुनी भएको भन्दै उनले आफूलाई पदमुक्त गरेको प्रदेशसभाको जेठ ३२ को सूचना कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका हुन् । उनले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा…
६ असार, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानहरूलाई भुक्तानी दिन माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै ‘गएको फागुन १९ गते यो देशमा दुइटा सम्झौता हुँदै थियो। एउटा सम्झौता नयाँ गठबन्धनका लागि अर्को दूग्ध किसानको माग पूरा गर्न,’ उनले भने, ‘पहिलो सम्झौताचाहिँ पूरा भयो, दोस्रो सम्झौता पूरा नभएकोले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’ ६ लाखभन्दा बढी किसानले दूधको भुक्तानी नपाएको उनले बताए । किसानहरू भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन गरिरहेको उनले उल्लेख गरे । ‘६ लाखभन्दा बढी किसानले ७ महिनादेखि पाँच अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन्,’ उनले भने, ‘दूग्ध किसानका मागलाई गम्भीरतापूर्वक…
६ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७७ करोड भन्दा बढी रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद जीवन परियारले गरेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम फिर्ता भुक्तानी गरिसकिएको बताएका हुन् । उनले सहकारी संस्थाका बचतकर्ताहरूबाट ५९ हजार ५८७ मागदाबी निवेदन परेको र तीन वटा समस्याग्रस्त सहकारीको रकम फिर्ता गरिएको हो । उनले सरकारले २० सहकारीलाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत बचत फिर्ताको प्रक्रिया अगाडि बढाएको बताए । ‘समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्ताहरुबाट ५९ हजार…
५ असार, काठमाडौं - संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभाको बुधबारको बैठक प्रभावित भएको छ । संघीय संसद्का कर्मचारीले अतिरिक्त समयमा काम गरेको सेवा सुविधा माग गर्दै गत जेठ २१ गतेदेखि आन्दोलनलाई जारी राखेकाले बैठकको कामकारबाही अवरोध भएपछि स्थगित गरिएको हो । मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जवाफ दिएका थिए । त्यसपछि सांसदहरूले पूरक प्रश्न सोध्ने क्रम सुरु भएको थियो । पूरक प्रश्न सोधिरहेको बेला संसद्का कर्मचारीले आन्दोलन गरी सदनको प्रत्यक्ष प्रशारण गर्ने क्यामेरा सभामुख देवराज घिमिरेतिर मात्रै सोझ्याएका थिए । प्रश्न सोध्ने सांसदहरूलाई भने प्रत्यक्ष प्रशारणमा देखाइएको थिएन । लामो समय…