७ असार, काठमाडौं – सरकारले आठ देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, डेनमार्क, बेलायत, मलेसियासहित ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो ।
पहिलो चरणमा एमाले, माओवादी र जसपाको कोटामा राजदूत बन्नेहरूको नाम सिफारिस भएको हो । रास्वापाको कोटाको पछि सिफारिस हुनेछन् ।
भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् ।
डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् ।
मन्त्रिपरिषद्बाट सिफारिस भएकाहरूको संसदीय सुनुवाई पुरा भई एग्रिमो आएपछि नियुक्ति हुनेछ ।



