Epost Nepal

ताजा खबर

अमेरिका लगायत यूरोपियन युनियनसहित १० राष्ट्रले टीआरसी विधेयक पारित भएकोमा गरे स्वागत

अमेरिका लगायत यूरोपियन युनियनसहित १० राष्ट्रले टीआरसी विधेयक पारित भएकोमा गरे स्वागत

१३ भदौ, काठमाडौं - अमेरिका लगायत यूरोपियन युनियनसहित १० राष्ट्रले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक नेपालको दुवै सदनबाट सर्वसम्मत रुपमा पारित भएकोमा स्वागत गरेका छन् । अमेरिका, स्विजरल्यान्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, जापान, फिनल्यान्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकको स्वागत गरेका हुन् । “नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको हामी निम्नानुसारका हस्ताक्षरकर्ता स्वागत गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । नेपाल सरकारले अगाडीको मार्ग पहिल्याउँदै गर्दा आफूहरु पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रहरूको खोजी गर्नेतर्फ लागको उनीहरुले जनाएका छन्…
Read More
कांग्रेस र एमालेले २०७२ सालको संविधानलाई माओवादी देख्न थाले: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

कांग्रेस र एमालेले २०७२ सालको संविधानलाई माओवादी देख्न थाले: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

१३ भदौ, धनगढी - पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले दुई तिहाइको दम्भ देखाइरहेको र संविधान संसोधन गरेर समानुपातिक समावेशीको अवधारणा खारेज गर्न खोजेको आरोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश स्तरीय परामर्श बैठक सकेपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै दाहालले यस्तो आरोप लगाएका हुन् । ‘संविधानमाथि उहाँहरू घात गर्नु हुन्छ कि भन्ने आशंका पैदा भएको छ। उहाँहरू पछाडि जान चाहनुहुन्छव। किनभने यो समावेशी समानुपातिक भनेर हामीले संविधानमा धेरै मेहनत गरेर, संघर्ष गरेर ल्याएका हौं । नेपालका महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारू सबैको अधिकार सुनिश्चित गर्न गरेको हो। यो उनीहरूलाई मन परेको छैन,’ दाहालले भने ।…
Read More
सुदूरपश्चिम क्षेत्रको विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग कुरा उठाएको छु: परराष्ट्रमन्त्री आरजु राणा देउवा

सुदूरपश्चिम क्षेत्रको विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग कुरा उठाएको छु: परराष्ट्रमन्त्री आरजु राणा देउवा

१२ भदौ, काठमाडौं -परराष्ट्रमन्त्री आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएकी छन् । गौरा पर्व मनाउन बुधबार धनगढी पुगेकी परराष्ट्रमन्त्री राणाले सुदूरपश्चिम क्षेत्रको विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग कुरा उठाएको समेत जानकारी दिइन् ।  धनगढी उपमहानगरपालिका वडा नं ४ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवं वडा कार्यालय भवनको बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा यहाँको गौरीफन्टा नाकालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्नेगरी स्तरोन्नति गर्ने विषयमा आफूले कुरा राखेको उनले बताइन् । मन्त्री राणाले भनिन्, 'केही वर्षमात्र अघि पनि तत्कालीन प्रधानमन्त्री श्रद्धेय शेरबहादुर देउवा भारत भ्रमण गएका बेला यो…
Read More
जबसम्म शिक्षा क्षेत्रमा दलगत हस्तक्षेप रोकिँदैन तबसम्म शिक्षा सुधारको कल्पना गर्न सकिन्दैन: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई

जबसम्म शिक्षा क्षेत्रमा दलगत हस्तक्षेप रोकिँदैन तबसम्म शिक्षा सुधारको कल्पना गर्न सकिन्दैन: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई

१२ भदौ, काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई गुणस्तरीय सुधार गर्न सबैभन्दा पहिले राजनीति दलहरुको प्रतिबद्धता आवश्यक रहेको बताएकी छन् । बुधबार मन्त्री भट्टराईले मन्त्रालयमा संचारकर्मीसँग छलफल गर्दौ शिक्षा क्षेत्रमा देखिएको राजनीति समस्याको सामाधान राजनीति दलहरुबाटै खोज्नु पर्ने उल्लेख गरिन् । यसका लागि मन्त्रालयले पहल गरिरहेको उनको भनाइ थियो । ‘जबसम्म शिक्षा क्षेत्रमा दलगत हस्तक्षेप रोकिँदैन नि तबसम्म शिक्षा सुधारको कल्पना गर्न सकिन्दैन,’ मन्त्री भट्टराईले आफ्नो शिक्षा सुधारको कार्यढाँचा प्रस्तुत गर्दै भनिन्, ‘विद्यालयदेखि विश्वविद्यालयहरुमा बढ्दै गएको राजनीति हस्तक्षेपकै कारण शिक्षामा गुणस्तर सुधार हुन सकिरहेको छैन । शिक्षामा राजनीति हस्तक्षेप रोक्न मेरो प्रयास जारीनै छ ।’…
Read More
अर्थ मन्त्रालयले हामीले पठाएका फाइल नै खोल्दैन: खानेपानीमन्त्री प्रदीप यादव

अर्थ मन्त्रालयले हामीले पठाएका फाइल नै खोल्दैन: खानेपानीमन्त्री प्रदीप यादव

१२ भदौ, काठमाडौं - खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताएका छन् । खानेपानी मन्त्रालयले बुधबार मन्त्रालयमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनतालाई शुद्ध खानेपानी वितरण गर्ने पहिलो प्राथमिकतासहित आफूले काम गर्ने बताए । उनले भने, 'पानी जीवनका लागि नभइ नहुने चिज हो, पर्याप्त बजेट नभएका कारण त्यही पानी पनि जनतालाई खुवाउन सकिएको छैन । त्यसैले हाम्रो पहिलो उद्देश्य जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हो भनेर सबैले मिलेर काम गर्नुपर्छ ।' मन्त्री यादवले जनताका जायज…
Read More
आफूविरुद्धको नयाँ मुद्दालाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प भन्छन्: मरेकालाई जिउँदो बनाउने प्रयास

आफूविरुद्धको नयाँ मुद्दालाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प भन्छन्: मरेकालाई जिउँदो बनाउने प्रयास

१२ भदौ, एजेन्सी - अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को निर्वाचनमा हस्तक्षेप गर्न खोजेको विषयमा नयाँ अभियोगसहित मुद्दा दायर गरिएको छ । जो बाइडेन (वर्तमान राष्ट्रपति) सँग पराजित भएपछि ट्रम्पले मतपरिणाम प्रभावित पार्न खोजेको आरोप खेपेका हुन् । अमेरिकी सर्वोच्च अदालतले गत महिना राष्ट्रपतिहरूले आफ्नो पदीय हैसियतमा गर्ने कामकारबाहीमा उन्मुक्ति पाउने आदेश दिएको थियो । तर अभियोजनकर्ताहरूले ट्रम्पविरुद्ध संशोधित अभियोगपत्रसहित फेरि मुद्दा दायर गरेका हुन् । संशोधित अभियोगपत्रमा पनि यसअघिकै चारवटा आपराधिक अभियोग उल्लेख छन् । तर अहिले भने ट्रम्पलाई पदासीन राष्ट्रपति नभई उम्मेदवारका रूपमा मात्र प्रस्तुत गरिएको बीबीसीले जनाएको छ । अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता ज्याक स्मिथले ट्रम्पविरुद्ध लगाइएका चार अभियोगमा…
Read More
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने

११ भदौ, काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 'नेपाल हेल्थ समिट २०२४' आयोजना गर्ने भएको छ । विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउनुका साथै स्वास्थ्य क्षेत्रमा सुधार गर्न समिट आयोजना गर्ने लागिएको हो । सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूको सहभागिता रहने र सुझावहरू संकलन गर्ने मन्त्रालयको तयारी छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार 'नेपाल हेल्थ समिट-२०२४' गर्ने निर्णय गरेका हुन् । सम्मेलनमार्फत स्वास्थ्य सुधारका लागि आवश्यक कार्यक्रम र नीति निर्माण तथा योजना बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा. प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल समेत…
Read More
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा

११ भदौ, अष्ट्रेलिया (एजेन्सी) - अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ । मंगलबार गरेको घोषणा अनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार व्यावसायिक शिक्षा र प्रशिक्षण (भिईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैर–विश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ । शिक्षा मन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भिईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जनाएका छन् । उनले निर्धारित सीमाहरू, संसदले…
Read More
सरकार जनताभन्दा स्वार्थसमूहहरुको, अझ माफियाहरुको सेवामा अग्रसर छ: माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

सरकार जनताभन्दा स्वार्थसमूहहरुको, अझ माफियाहरुको सेवामा अग्रसर छ: माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

११ भदौ, काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार प्रतिनिधिसभामा बोल्दै सरकारको भूमिकामाथि प्रश्नै प्रश्न तेर्साएका छन् । प्रचण्डले सम्बोधनको सुरुवातमा आफू सरकारको 'हनिमुन पिरियड' पनि पर्खन नसकेको बताए । “प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा यो सम्मानित रोस्टम म अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ, गरिनँ । किनकि, म सरकारलाई 'हनिमुन पिरियड'सम्मैशंकाको सबै सुविधा दिने पक्षमा थिएँ,” प्रचण्डले भने । उनले भने, “सरकारमाथि पहिलो बहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो । तर, चालिस दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सुक्ष्म अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु ।” उनले जनताले सम्मानित संसद्‌माथि गरिरहेको विश्वास पनि कमजोर हुने भएकाले आफूले खबरदारी गर्ने निर्णयमा पुगेको बताए । सम्बोधनको पूर्णपाठ :  सभामुख महोदय, प्रमुख…
Read More
नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको छ: प्रधानमन्त्री केपी शर्मा ओली

नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको छ: प्रधानमन्त्री केपी शर्मा ओली

१० भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यसलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन् । सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्चिमबाट सुरु गौरा नेपालको मौलिक पर्व भएको उल्लेख गरे । - रासस
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search