६ साउन, काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । उनले बहुमत प्राप्त हुने आधार नभएका कारण मार्गप्रशस्त गर्ने बताएका हुन् । 'महत्वपूर्ण कुराहरू प्रदेश सभामा रेकर्डमा दर्ज गर्नुपर्छ भनेर बैठकको माग गरेको हुँ। तर पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने अवस्था बनिसकेको अवस्थामा हामीले लिने विश्वासको मतले सार्थकता पाउँदैन। त्यसकारण विश्वासको मत नलिने र अहिलेको समीकरण अनुसार सरकार गठनका लागि मार्गप्रशस्त गरिदिने निर्णय गरेका छौं,' उनले भने । प्रदेश सभा बैठकअघि बसेको माओवादी केन्द्र संसदीय दलको बैठकबाट उनलाई राजीनामा दिन सुझाएको थियो ।
२८ असार, काठमाडौं - चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा दुईवटा यात्रु बस पहिरोले बगाएको छ । शुक्रबार बिहान ३ बजे पहिरोले दुईवटा बस बगाएर नारायणी नदीमा पुर्याएको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरो खसेर वीरगन्जबाट काठमाडौं आउँदै गरेको गाडी बगाएको हो । उक्त गाडीमा २०/२१ यात्रु रहेको प्रहरीको भनाइ छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स नामको बसमा करिब ४१ जना यात्रु सवार थिए । पहिरोले बगाउँदा गाडी नारायणी नदीमा बेपत्ता भएको सशस्त्र प्रहरी वल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । थापाका अनुसार ७ जना गोताखोरको टोली खोज तथा उद्धारका लागि परिचालन भएको छ…
२५ असार, काठमाडौं - काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको छ । मंगलबार बसेको १५ औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । काठमाडौं महानगरले १० असारमा आगामी आवका लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको थियो । महानगर उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र जग्गा एकीकरणबाट १ अर्ब ५० करोड आम्दानी हुने लक्ष्य राखेको छ । महानगरले आगामी आवको स्रोतका लागि स्थानीय सञ्चित कोषमा आर्थिक विकासमा १९ करोड ९ लाख खर्च हुने गरी विनियोजन गरेको छ । यस्तै…
२४ असार, काठमाडौं - नेकपा एमालेले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संघीय सरकारमा फेरिएको राजनीतिक समीकरण अनुसार बागमती प्रदेश सरकारमा पनि नेकपा एमालेका पाँचै जना मन्त्रीले राजीनामा बुझाएका हुन् । सोमबार एमालेबाट प्रदेशमा मन्त्री बनेकाहरूले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा पत्र बुझाएका छन् । उनीहरुले राजीनामासँगै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको जानकारी गराएका हुन् । बागमती प्रदेश एमालेका संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्री केशव पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र जलस्रोत, उर्जा…
१५ असार, चितवन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानसँगै खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन् । भरतपुर महानगरपालिकाले आज चितवनमा आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउनेगरी सरकारले कृषिदशक कार्यक्रम अघि बढाएको स्पष्ट पारे । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषिदशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सिँचाइ, बीउ एवं मल सहज रुपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने बताए । धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहका सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान…
१ असार, हेटौंडा - वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । वाग्मती प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याइएको छ भने पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ छ । वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री थपलियाले बताए । कुल बजेटमा चालुतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २.३२ प्रतिशत बजेट छुट्याएको छ । बजेटको स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ५८ करोड…
२६ बैशाख, काठमाडौं - राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिण डाइभर्सन सुरुङ मार्ग बुधबार छिचोलिएको (ब्रेक थ्रु) भएको छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दुरी खनेसँगै सुरुङ छिचोलिएको हो । १३ दशमलव ३ किलोमिटर लामो सुरुङको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एक समारोहका बीच स्वीच अन गरेर टीबीएम मेसिन चलेपछि सुरूङ ब्रेक थ्रु भएको हो । प्रधानमन्त्रीले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताए। उनले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे। 'बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका…
२ बैशाख, काठमाडौं - भक्तपुरको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत मध्यपुर थिमि–८ बोडेका २८ वर्षीय सुजन बाग श्रेष्ठले परम्परा अनुसार यस वर्षको बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेडाएका छन् । श्रेष्ठले दोस्रोपल्ट जिब्रो छेडाएका हुन् । बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ मा मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । यसअघि उनका बाबु बुद्धकृष्ण बाग श्रेष्ठले नौपल्ट जिब्रो छेडाइसकेका छन् । सुजनले यसपटक पनि जिब्रो छेडाएर परम्परालाई निरन्तरता दिएका हुन् । दुई दशकभन्दा बढी जिब्रो छेड्ने जात्राको परम्परा सुजनकै परिवारले धानिसकेका छन् । सुजनका बुबा बुद्धकृष्णले ९ पल्ट, ठूलोबुबा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पल्ट जिब्रो छेडाएका थिए । जिब्रो छेड्ने जात्राको परम्परामा बोडेवासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने मानिन्छ ।…
२९ चैत्र, काठमाडौं - काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सै घण्टा खुल्ने भएको छ। नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सै घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषदले जनाएको छ। परिषदका अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिए। "नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गको बजार क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गर्नुहुनेछ," उनले भने। उनका अनुसार सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लिनेछ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्गको रात्रिकालीन…
१९ चैत्र, हेटौंडा - वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । सरकार जोगाउनका लागि ५६ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै मत पाएका हुन् । मुख्यमन्त्री जम्कट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा (एस)का ७ जना र हाम्रो नेपाली पार्टी (हानेपा)का १ सांसदले मतदान गरेका थिए । उनको विपक्षमा कांग्रेसले मात्र मत जाहेर गरेको थियो । राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले तटस्थमा मतदान गरे । मतदान प्रक्रियामा हानेपाका १ सांसद अनुपस्थित भइन् । पुरानो सत्ता साझेदार कांग्रेसले समर्थन…