१६ चैत्र, काठमाडौं - नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी छन् । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन कायम राख्ने वा बाहिरिने भन्नेमा आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी अध्यक्ष शुक्रबार दलका नेतालाई पत्र लेख्दै उक्त निर्देशन दिएकी हुन् । ‘१४ गते बुधबार टीकापुरमा बसेको केन्द्रीय कमिटीको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएअनुसार सोहीबमोजिम सरकारबाट समर्थन फिर्ता लिन, सरकारबाट बाहिर आउन निर्देश गर्दछु,’ शुक्रबार उनले लेखेको पत्रमा उल्लेख छ, ‘अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।’ यसअघि बैठकको निर्णय सार्वजनिक भएलगत्तै प्रदेशसभामा पार्टीका संसदीय दलका…
१३ चैत्र, काठमाण्डौं - सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक लाई रिहा गर्न आदेश दिएको छ । यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले चैत ५ मा सर्वोच्च प्रवेश गर्ने क्रममा पक्राउ परेका प्रसाईंका अंगरक्षकद्वय दीपक खड्का र रामकुमार धिमाल लाई तत्काल थुनामुक्त गर्न मंगलबार आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, 'हतियार इजाजतपत्रको सर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको हुँदा यी निवेदकलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १३२ को कसुरमा जरूरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको तथा काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेको समेतको अनुसन्धान तहकिकातको कार्य…
१२ चैत्र, काठमाडौं - नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोप लागेका पाँच क्रिकेटरले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङको आरोप लागेका क्रिकेट खेलाडी र व्यवस्थापकविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको दाबी नपुग्ने भन्दै सफाइ दिने फैसला गरेको हो । अघिल्लो वर्ष पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी-२० का खेलमा स्पट फिक्सिङ भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान अघि बढाएको थियो। जसमा सिआइबीले नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेको थियो। नवीन कँडेल र रवि माझी फरार थिए। उनीहरू तीन जनालाई अदालतले गत वर्ष…
११ चैत्र, काठमाडौं - नेकपा एमालेले बैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवार टुंगो लगायको छ । आइतवार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले इलाम-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचनन क्षेत्र रिक्त बनेको थियो । एमालेले स्वर्गीय नेम्वाङकै कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले बझाङ प्रदेश-१ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल…
८ चैत्र, काठमाडौं - सञ्चार माध्यममा आउने विषयवस्तुको नियमन गर्ने गरी देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको विषयमा आलोचना भएपछि गृह मन्त्रालयले स्पष्टीकरण दिएको छ । बिहीबार साँझ एक विज्ञप्तिमार्फत मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सञ्चार माध्यममा आएको परिपत्र चैत ६ गते तयार गरिएको मस्यौदा मात्र भएको जनाइएको छ । "मस्यौदाको बुँदा नम्बर १ को १.३ र बुँदा नम्बर २ को २.१ मा उल्लेख भएको विषयमा आम सञ्चारकर्मी तथा सम्बद्ध पक्षले व्यक्त गर्नुभएको चासो तथा सरोकार प्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ," विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले चैत ६ गते कुनै परिपत्र जारी नभएको बताएको छ । सञ्चार माध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरू हटाएर…
५ चैत्र, काठमाडौं - सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई अस्पताल लागिएको छ । उनको स्वास्थ्य अवस्थाका कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने गरी काठमाडौं जिल्ला अदालतले आदेश दिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो । चिकित्सकहरूले उनको स्वास्थ्य परीक्षण गरिरहेका छन् । 'परीक्षण पछि कस्तो रिपोर्ट आउँछ त्यसअनुसार भर्ना गर्ने/नगर्ने भन्ने टुंगो लाग्छ,' स्रोतले भन्यो, 'उहाँको स्वास्थ्य अवस्था कमजोर भएपछि इमरजेन्सीमा राखेर उपचार भइरहेको हो ।' सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेस गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा सुनुवाइ भएपछि महरालाई ४…
४ चैत्र, पोखरा - नेकपा एकीकृत समाजवादी प्रवेश गरेका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले पुनः स्वतन्त्र सांसदको हैसियत दिन गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर अहिले सत्ता समीकरणका कारण गण्डकीमा सरकार बनाउने र टिकाउने खेल सुरु भएका बेला उनले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका हुन् । ‘स्वतन्त्र रुपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन…
३ चैत्र, काठमाण्डौं - सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले सत्ता गठबन्धन आबद्ध दलका शीर्ष ताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरूले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमक्ष साझा न्यूतनम कार्यक्रम बुझाएका हुन् । नयाँ सत्ता गठबन्धन बनेपछि दलहरूले न्यूनतम साझा कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेपाल कम्युनिष्ट पार्टी…
२ चैत्र, काठमाडौं - आन्दोलनरत लघुवित्त संघषर्ष समिति र सरकारबीच लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान सम्बन्धि ६ बुँदे सहमति भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन् । समितिमा राष्ट्र बैंकको लघुवित्त क्षेत्र हेर्ने, कार्यकायरी निर्देशक, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिव सदस्य छन् । यस्तै, कार्यदलमा लघुवित्तिविरोधी संघर्ष समितिका तर्फबाट पुनाराम (मनिराम) ज्ञवाली, क्षेत्रबहादुर मोक्तान र लुजा राई छन् । कार्यदल संयोजकको नाम भने डेपुटी गभर्नर मध्येबाट राष्ट्रबैंकले तोक्ने मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए । कार्यदललाई लघुवित्तका समस्या निर्धारण गरी ६० दिनभित्र…
२ चैत, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री सहकारी पीडक भएको भन्दै उनको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्न भन्दै कांग्रेसले उभिएर बैठक अवरोध गरेको हो । प्रतिनिधि सभाको बैठकमा शुक्रबार गृहमन्त्रीले राजनीतिकदलसम्बन्धि विधेयक पेस गर्ने कार्यसूची पनि थियो । कांग्रेसले बजेटका सिद्धान्त र प्राथमिकताहरूमाथि छलफल गर्नका लागि तयार रहेको तर विवादित मन्त्रीकोबारेमा प्रधानमन्त्रीले जवाफ नदिइकन अरु विषयमा सदन अघि बढ्न नसक्ने कांग्रेसको अडान छ । बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,'प्रतिपक्ष उभिएको अवस्थामा संसद् अवरुद्ध हुन्छ । प्रतिपक्ष उभिएको बेला सदन अवरुद्ध मानिन्छ । प्रतिपक्ष उभिएपछि भाषण भूषण हुन…