Epost Nepal

कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित

२ चैत, काठमाडौं  – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री सहकारी पीडक भएको भन्दै उनको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्न भन्दै  कांग्रेसले  उभिएर बैठक अवरोध गरेको हो ।

प्रतिनिधि सभाको बैठकमा शुक्रबार गृहमन्त्रीले राजनीतिकदलसम्बन्धि विधेयक पेस गर्ने कार्यसूची पनि थियो । कांग्रेसले बजेटका सिद्धान्त र प्राथमिकताहरूमाथि छलफल गर्नका लागि तयार रहेको तर विवादित मन्त्रीकोबारेमा प्रधानमन्त्रीले जवाफ नदिइकन अरु विषयमा सदन अघि बढ्न नसक्ने कांग्रेसको अडान छ ।

बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,’प्रतिपक्ष उभिएको अवस्थामा संसद् अवरुद्ध हुन्छ । प्रतिपक्ष उभिएको बेला सदन अवरुद्ध मानिन्छ । प्रतिपक्ष उभिएपछि भाषण भूषण हुन शोभनीय मानिदैन ।बजेटसम्बन्धि विषयमा सदन रोक्न चाहन्नौं ।’ प्रमुख सचेतक लेखकले कुनै मन्त्री अनुसन्धानको दायरामा छ भने त्यस्तो मन्त्रीलाई पदमा बस्ने हक नहुने मान्यता स्थापित भएको बताए । ‘आजपनि माननीय मन्त्री अनुसन्धानको घेरामा हुनुहुन्छ । प्रधानमन्त्री जवाफ दिने अवस्थामा आउँदै आउनुहुन्न ।के प्रतिपक्षलाई सत्ताले वेलमै बोलाएको हो । वेलमै बोलाएको हो भने बाध्य नपारियोस्’ प्रमुख सचेतक लेखकले भने ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search