Epost Nepal

Breaking News 1

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु एकजना पाइलटको उपचार हुँदै

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु एकजना पाइलटको उपचार हुँदै

९ साउन, काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो ।
Read More
न्युरोड क्षेत्रमा तत्काल फुटपाथ विस्तार नगर्ने सहमति

न्युरोड क्षेत्रमा तत्काल फुटपाथ विस्तार नगर्ने सहमति

७ साउन, काठमाडौं - काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्ने भएको छ । सोमबार न्युरोड क्षेत्रमा थप फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको हो । त्यस्तै अध्ययन कार्यदलको प्रतिवेदन नआउन्जेल थप फुटपाथ विस्तार नगर्ने सहमतिसमेत भएको छ । महानगरका प्रमुख, उपप्रमुख २२, २३ र २४ नम्बर वडाका अध्यक्षलगायतको सहभागितामा भएको छलफलका क्रममा मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेस गर्ने सहमति भएको काठमाडौं महानगर-२३ का वडाध्यक्ष मचाराजा महर्जनले जानकारी दिए । ९ सदस्यीय कार्यदलबाट वभिन्न विषयमा अध्ययन गरेर त्यसबाट आउने रिपोर्ट महानगर प्रमुखलाई बुझाउने र त्यसका आधारमा…
Read More
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा पाए दुई तिहाईको विश्वास मत

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा पाए दुई तिहाईको विश्वास मत

६ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाईको विश्वास मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट १८८ मत पाएका हुन् । दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये ओलीको पक्षमा १८८ मत र विपक्षमा ७४ मत पर्‍यो भने मत दिन्न भन्नेमा १ मत परेको छ । प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालबाट, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदले मत दिए । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय…
Read More
मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि नयाँ सरकार गठन भएको हो : प्रधानमन्त्री केपी शर्मा ओली

मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि नयाँ सरकार गठन भएको हो : प्रधानमन्त्री केपी शर्मा ओली

४ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै आफू नेतृत्वको सरकारको प्रमुख ध्येय भएको बताएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको उल्लेख गरे । ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्रीको जिम्मेवारीमा नआएको भन्दै उनले भने, 'म यसअघि नै प्रधानमन्त्री बनिसकेको हो, पदका लागि मात्रै पुनः जिम्मेवारीमा आएको होइन, केही न केही नयाँ काम गरौँ, मुलुकको समस्या समाधानमा योगदान गरौँ भनेर जिम्मेवारी लिएको हो ।' प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनेतर्फ सरकारको विशेष…
Read More
देश र व्यवस्थालाई अप्ठ्यारो पर्दा कांग्रेस–एमाले एक ठाउँमा: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

देश र व्यवस्थालाई अप्ठ्यारो पर्दा कांग्रेस–एमाले एक ठाउँमा: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

३ साउन, काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्थालाई अप्ठ्यारो पर्दा कांग्रेस–एमाले एक ठाउँमा उभिने गरेको बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार लमजुङका एमालेका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले २०४६ सालमा पञ्चायत फाल्न, २०६२–०६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा उभिएका बताए । उनले अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएको कारण कांग्रेस–एमाले एक ठाउँमा उभिनु परेको बताए । ठूला राजनीतिक दल एकताबद्ध हुनु पर्ने स्थिति देशमा बनेको उनको भनाइ छ । 'राष्ट्रिय आवश्यकताले गर्दा हामी यो गठबन्धनमा सामेल छौँ', उनले भने ।…
Read More
आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार ३०२ जना नेपाली गए वैदेशिक रोजगारीमा

आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार ३०२ जना नेपाली गए वैदेशिक रोजगारीमा

२ साउन, काठमाडौं - गत आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार ३०२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा उनीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा जानेको संख्या ३.८९ प्रतिशतले घटेको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या ३० हजार २५ जनाले कम देखिएको…
Read More
सहकारी संस्थाहरुको नियमनमा कडाई गर्न विज्ञहरुको सुझाव

सहकारी संस्थाहरुको नियमनमा कडाई गर्न विज्ञहरुको सुझाव

१ साउन, काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलवार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ। पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगाल, पूर्वसचिव गोपिनाथ मैनाली लगायतका अधिकारीहरुसँङ गरिएको छलफल विज्ञहरुले सहकारी संस्थाहरुको नियमनमा कडाई गर्न सुझाव दिएका छन् । सहकारी संस्थामा नियमनको संकट देखिएको त्यसको बचत रकम समेत अपचलन हुने अवस्था आएको विज्ञहरुले बताएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । बैठकमा विज्ञहरुले व्यवस्थापक र सञ्चालक एउटै हुँदा पनि समस्याहरु देखिएको औंल्याएका थिए । समग्रमा सहकारी क्षेत्रलाई अन्तराष्ट्रिय रुपमा कस्ता संकट आएका थिए, ती संकटहरु कसरी समाधान भएका थिए ? मलेसिया, फिलिपिन्स, जापानलगायतका देशका…
Read More
एक महिनाभित्र जनताले अनुभूति हुने गरी काम गर्न मन्त्रीहरूलाई नवनियुक्त प्रधानमन्त्री ओलीको निर्देशन

एक महिनाभित्र जनताले अनुभूति हुने गरी काम गर्न मन्त्रीहरूलाई नवनियुक्त प्रधानमन्त्री ओलीको निर्देशन

३१ असार, काठमाडौं - नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनताले अनुभूति हुने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्। सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा उनले सो निर्देशन दिएकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। त्यसैगरी प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई सरकारले आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीलाई सचेत गराएका थिए। ६ महिनाभित्र जनतालाई ढुक्क हुने स्थिति बनाउन र एक वर्ष भित्र इन्डिकेटरको हिसावले पनि देखिने गरी परिणाममुखी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता गुरुङले बताए। प्रधानमन्त्री ओलीले  विकास, निर्माणको काम, उत्पादन वृद्धिको काममा आपसी समन्वय गरेर अघि…
Read More
पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु

पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु

२८ असार, काठमाडौं - अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन् । त्यस्तै पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ । पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको छाना भएको घर पुरिँदा बिहीबार राति सवा १० बजेतिर ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट बस्न राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता…
Read More
बुधबार  रातिदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह

बुधबार रातिदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह

२६ असार, काठमाडौं - मौसम पूर्मानुमान महाशाखाले असार २६ गते बुधबार देखि आगामी असार २९ गते शनिबार सम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण सिमाना आसपास) छ । आज बुधबार रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना छ । भोलि बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search