* रामराज रेग्मी यस जगत्मा हाम्रो वरिपरि ढुङ्गा, माटो, बालुवा, पानी, हावा, जङ्गल, पहाड, मैदान, रुख बिरुवा, पशुपन्छी आदि छन् । तिनका रूप रङ्ग र आकार प्रकारलाई हामी आँखाले देख्दछौँ, गन्ध नाकले थाहा पाउँछौ, हातले छामेर या छालाको स्पर्शले ती वस्तुहरू चिसो, तातो, खस्रो, नरम के–कस्ता छन् भनी पहिचान गर्न सक्छौँ । तीबाट उत्पन्न थरी थरीका आवाज कानले सुन्दछौँ र जिब्रोको सहायताबाट तीतो, पिरो, अमिलो, गुलियो वा टर्रो के कस्तो छ भनी स्वाद पत्ता लगाउँछौ । यस्ता सबै भौतिक वस्तुहरू पदार्थ (Matter) हुन् । पदार्थका रूपहरू अनेक हुन्छन् । ती आँखाले नदेखिने साना अणु परमाणुदेखि लिएर विशाल पर्वत, महासागर र…
* दिल साहनी पारिजातलाई मैले सर्व प्रथम मित्र दुर्गा प्रसाद अधिकारीसित शिलाङको ग्रायन्ड होटेलमा देखेको हुँ। त्यति बेला उनले मलाई 'काठमान्डुमा देखे जस्तो लाग्यो' भनिन् । मैले जबाफमा भनेको थिएँ - 'म काठमान्डु कहिले गएको छैन' । त्यति बेला पारिजात राल्फा आन्दोलनमा लागेको थिइन् । दोस्रोपल्ट मैले पारिजातलाई बनारसमा दूध बिनायकको जगदम्बा धर्मशालामा भेटेको हुँ । त्यति बेला कमरेड मोहनविक्रम सिंहले भाषण गरिरहेका थिए । फेरि पनि पारिजातले मलाई ठहराउन सकेकी थिइनन् । ठम्याउन भने खोजेकी रहिछन् - 'एमबीको भाषण गम्भीरतापूर्वक सुनिरहेको व्यक्तिको रूपमा' । सो कुरा उनकै मुखबाट सुनेको थिएँ । तेस्रोपल्ट पनि मैले पारिजातलाई बनारसमा भेटेको थिएँ ।…
* डा.कौशिला रिसाल हामीलाई कहिलेकाहीँ साना विषयले मुख्य भाव पहिल्याउन र खुसी हुन मद्दत गरेको हुन्छ । कतिपय सानै घटना वा प्रसङ्गले पनि समस्या निम्त्याइरहेका हुन्छन् । हामीलाई तनावमा पुर्याउने र खुसी हुन मद्दत गर्ने विषय वा प्रसङ्गहरू सानै हुन्छन् । जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र व्यक्तिगत समस्याहरू ससाना हुन्छन् । धेरै दिनसम्म त्यसको सजिलै समाधान नहुँदा हाम्रो दैनिक कार्यमा अवरोध सृजना हुन्छ । यसको अर्थ समस्या वा घटना ठुला हुँदैनन् भन्ने चाहिँ होइन । जब कि म ससाना विषयमा लेख्दैछु । यथार्थमा हामीले समस्यालाई कुन रूपमा लिन्छौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । हामीले कयौँ पटक ससाना कुरामा ध्यान नपुर्याउदा जीवनमा अरूबाट मात्र नभएर आफ्नैबाट पनि…
स्वेट मार्डन प्रकृतिको काममा न त कहीँ दुर्बलता छन् अव्यवस्था नै । प्रकृतिको सारा काम एक नियम अनुसार चल्दछ । अतः नियमपूर्वक काम गर्ने व्यक्तिले नै सफलता प्राप्त गर्न सक्दछ । जो व्यक्ति यस बाटोको अनुसरण गर्दैन, उसको पतन ऊ आफैले गर्दछ । मानी लिनुहोस् एक भीड भएको बसमा यात्रा गर्दा तपाईँको ज्याकेटको फास्नर काटेर तपाईँको गोजीमा भएको सम्पूर्ण पैसा सखाप पारियो, के अब तपाईँ दोस्रो पटक पनि खल्तीमा पैसा राखेर त्यसरी नै यात्रा गर्नुहुन्छ ? गर्नु हुन्न । तपाईँ यस घटनाबाट एक पाठ सिक्नुहुन्छ । ठिक यसै प्रकार जब तपाईँको जीवनमा कुनै गल्तीको कारण कुनै हानी हुन जान्छ, त्यसपछि…
इजरायल र प्यालेष्टाइन बिचको युद्धको बारेमा नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा आश्विन २९ गते जारी गरिएको वक्तव्य ः प्यालेष्टाइन र इजरायलका बिचमा सङ्घर्षको लामो इतिहास छ । अमेरिकी मदतमा यहुदीहरूले लाखौँको सङ्ख्यामा प्यालेष्टाइनीहरुलाई देशबाट निष्कासित गरेपछि दुबैका बिचमा तनाव र युद्धको स्थिति उत्पन्न भएको छ । प्यालेष्टाइनीहरुले आफ्नो मातृभूमिमा फर्कनको लागि युद्ध गरिरहेका छन् ।केही दिन पहिले हमासले इजरायलमाथि आक्रमण गरेपछि अहिलेको युद्ध सुरु भएको हो । यो युद्धमा १० जना नेपाली विद्यार्थीहरू लगायत विभिन्न मुलुकका नागरिकको पनि हत्या गरिएको थियो र ठुलो सङ्ख्यामा इजरायलका जनतालाई हत्या गरिएको थियो वा उनीहरूलाई अपहरण गरेर बन्धक बनाइएको छ । जुनसुकै पक्षबाट भए पनि निःशस्त्र…
बुवा जसबहादुर र आमा पबिसराको कान्छो छोराको रूपमा जन्मिए, सक्तमान बुढाथोकी । वि.सं.२०३०साल वैशाखमा खुँगाको तोस्वाङमा एकदमै गरिब परिवारमा जन्मिएका हुन उनी । एकदम दुर्गम गाऊ थियो तोस्वाङ । स्कुल जानको लागि पनि घरबाट लगभग डेढ घण्टा स्कुल हिँडेर जानुपर्दथ्यो । बुवा जसबहादुर अलि शिक्षित भएकाले पनि आफ्ना सबै छोराछोरीलाई पढाउन चाहन्थे । सक्तमान पनि ११ वर्षको उमेमा स्कुले जीवन सुरु गरे । चप्पल लगाउने चलन थिएन । पाटीमा कालो कोइलाले लेख्ने गरिन्थ्यो । त्यस प्रकारको परिस्थितिमा पनि सक्तमान स्कुले जीवनलाई निरन्तरता दिइरहे । दाइ गिरी बुढा पढाइमा अल्छी भएकाले बुवाको धेरै पिटाई खाए पनि आफू पढाइमा मेहनती भएको बताउँछन्…
ईश्वरचन्द्र ज्ञवाली यतिखेर दसैँ–पर्व नजिकिदैं गएको छ । पर्व मनाउने परम्परा मान्छेले विकास गरेको हो । यस्ता पर्व, उत्सव, मेलाहरूका पछाडि विभिन्न वर्गीय अवधारणा, सामाजिक सँस्कार र भौतिक परिस्थितिहरूको भूमिका रहेको छ । श्रम कार्यपछि मानवीय मनोरञ्जनको प्रवृत्ति, धार्मिक–आस्था, खुसी, मिलन भेटघाटका समारोह, आर्थिक प्रभाव, भोगी–विलासी मनोवृत्ति, सामाजिक परम्परा र चालचलन, ऋतूत्सव र प्राकृतिक सौन्दर्यको अवगाहन गर्ने मानव स्वभाव जस्ता मानवीय प्रवृत्तिबाट बनेका धारणाले पर्व–उत्सवहरू विकसित भएका हुन् । यसका पछाडि आध्यात्मिक र भौतिक दुवै परिवेशले काम गरेका छन् । एकातिर चाड, पर्व, मेला, उत्सवहरू कहीँ न कहीँ धार्मिक–आध्यात्मिक आस्थासँग जोडिएका छन् भने अर्कातिर भौतिक परिवेश र आवश्यकतासँग पनि जोडिएका…
* माेहनविक्रम सिंह स्टालिन जीवित हुँदा पनि स्टालिन र माओका बिचमा कैयौँ प्रश्नहरूमा मतभेदहरू थिए । तर त्यस प्रकारका मतभेदहरू मुख्यतः तात्कालिक राजनीतिक र व्यावहारिक पक्षहरूसित सम्बन्धित थिए र त्यस्ता कतिपय प्रश्नहरूमा माओका विचारहरू सही थिए भनेर स्टालिनले पनि स्वीकार गरेका छन् तर माओद्वारा स्टालिनका बारेमा सैद्धान्तिक आलोचना १९५६ मा देखा पर्यो । त्यस बेला उनले आफ्नो एउटा रचनामा “स्टालिनमा अभिभूतवादको पर्याप्त अंश थियो” भनेर आलोचना गरे । त्यो आलोचनाबारे माओले त्यो बेला र पछि कुनै विश्लेषण र व्याख्या प्रस्तुत छैनन् र यसबारे अत्यन्त सङ्क्षिप्तमा नै आफ्नो विचार प्रकट गरेको पाइन्छ । यसबारे उनले लेख्दछन् ः “स्टालिनमा अभिभूतवादको केही अंश…
बिरालोले बाटो काट्छ, अगाडि खाली गाग्री हुन्छ अनि हामी त्यो बाटो हिँड्न हिचकिचाउँछौ । आफू बिरामी हुँदा अरू कुनै कमजोर महिलालाई ‘बोक्सी’ भन्दै आरोप लगाउँछौ । धामी झाक्रिले फुक्यो भने रोग ठिक हुने भन्छौ । नेपाली समाजमा यस प्रकारका अन्धविश्वासहरूको व्यापक रूपमा प्रभाव छ । यस प्रकारका अन्धविश्वासहरूको सत्यतासँग के साइनो होला ? कतिपय अवस्थामा बिरालोले बाटो काट्दा नराम्रो घटना घटेको हुन सक्छ । धामी झाक्रिले फुकेर कतिपय अवस्थामा रोग निको भएको हुन सक्छ । तर यस प्रकारको घटनाहरूको वैज्ञानिक जाँच कसरी गर्ने त ? यस्तै विषयहरूमा केन्द्रित हुँदै ज्ञानशाला अनुसन्धान केन्द्रले आश्विन २३ गते कुरीति, अन्धविश्वास र सबै प्रकारका…
काठमाडौँ, आश्विन २१ गते । ‘देशका भविष्य कस्तो बन्छ ? आम जनताको दृष्टिकोणले यो प्रश्नको समाधान गर्दछ । आज जनतामा पनि युवाहरूको दृष्टिकोणले यो प्रश्नको समाधान गर्दछ । त्यस कारण नयाँ पुस्ताको कस्तो प्रकारको दृष्टिकोण बन्छ ? त्यसले नै देशको भविष्य निर्धारण हुने बताउँछन्’ नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंह । ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा आश्विन २१ गते केन्द्रको हलमा ‘नयाँ पुस्ता र देशको भविष्य’ विषयक परिचर्चा कार्यक्रममा नेता मोहनविक्रम सिंहले, ‘यदि नयाँ पुस्ता व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित हुने हो भने देशको भविष्य अझ अन्धकार हुँदै जाने’ बताए – ‘व्यक्तिगत स्वार्थमा आधारित दृष्टिकोण मात्र हाबी हुँदै जाने त्यसका साथै देशमा केही हुँदैन, देशको भविष्य…