एउटा असल मानिसको मृत्युले सबैलाई शोकाकुल बनायो । पुराना कम्युनिस्ट नेता मेघराज आचार्यको मृत्युको १३औँ दिनको श्रद्धाञ्जली कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा उपस्थिति सबैको एउटै भनाई थियो, 'हामीले असल नेता, अभिभावक र शिक्षक गुमायौ ।' समाजमा जन्मिएपछि आफ्नो व्यक्तिगत स्वार्थमा मात्र लिप्त हुनु हुँदैन । समाज र व्यवस्था परिवर्तनको लागि प्रत्येक व्यक्तिको केही न केही भूमिका हुनुपर्दछ । जीवनको त्यो महत्त्वपूर्ण परीक्षामा दिवंगत् नेता मेघराज आचार्यले पनि आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गरेर अलबिदा भए । कुनै बेला कम्युनिस्ट पार्टीको सदस्य भएर, कुनै बेला स्कुलको शिक्षक भएर, कुनै बेला समाज तथा परिवारको असल अभिभावक भएर आफ्नो सङ्घर्षशील यात्रा गरिरहे । आफ्नो…
शिर्षक अलि फरक छ । आकाशको सूर्यसँग पढाइको के सम्बन्ध ? भन्न सकिन्छ । पढ्न मन नलागेर पो अल्छी हुने हो, भन्न सकिन्छ । तर त्यति मात्र होइन । हिन्दु धर्ममा सूर्यतर्फ फर्केर प्रार्थना गर्ने गरिन्छ । त्यस प्रकारको प्रार्थनामा केही अन्धविश्वास छ र केही विज्ञान पनि । प्राचीन कालका मानिसहरूले सूर्यबाट केही ऊर्जा आएको तथा त्यसबाट केही रोग व्याधि सन्चो भएको आधारमा पनि सूर्यलाई शक्तिको रुपमा पूजा गरेको हुनसक्छ । सूर्यलाई हेला गर्दा म आफै केही दिनदेखि पढाइमा अल्छी भइरहेको अवस्था थियो । बिहानको कसरत पनि कोठाभित्रै गर्ने । पढ्ने लेख्ने, कम्प्युटर पनि कोठाभित्र चलाउने । अनि परिणाम, म…
‘कहिलेकाहीँ मकहाँ बिरामी आउँदा पेट सिटी, बोन स्क्यान, एमआरआई सबै गरिसकेको हुन्छ । बिरामी, आफै डाक्टर भइदिने प्रचलन छ । त्यो तरिका राम्रो होइन ।’ नेपाल क्यान्सर अस्पतालमा ब्रेष्ट अन्को सर्जनको रूपमा कार्यरत डा.प्रफुल्ल शाक्य भन्छन्, ‘क्यान्सरका विभिन्न प्रकारहरू हुन्छ । फरक–फरक क्यान्सरअनुसार फरक प्रकारले उपचार गर्नु पर्ने हुन्छ । तर अहिले सबै आफै डाक्टर भएर पनि समस्या आएको हो । छिमेकी, तरकारी पसले, ड्राइभर, काम गर्ने र बाटोमा हिँड्ने सबै डाक्टर भइदिँदा यो रोग झनै जटिल भइदिने गर्दछ ।’ क्यान्सर रोगलाई महँगो र एकदमै जटिल रोग भनेर चिनिन्छ । नेपालीजस्तो न्यून आय स्तर भएकाहरूलाई त यो रोगले झनै तनाव…
बिरालोले बाटो काट्छ, अगाडि खाली गाग्री हुन्छ अनि हामी त्यो बाटो हिँड्न हिचकिचाउँछौ । आफू बिरामी हुँदा अरू कुनै कमजोर महिलालाई ‘बोक्सी’ भन्दै आरोप लगाउँछौ । धामी झाक्रिले फुक्यो भने रोग ठिक हुने भन्छौ । नेपाली समाजमा यस प्रकारका अन्धविश्वासहरूको व्यापक रूपमा प्रभाव छ । यस प्रकारका अन्धविश्वासहरूको सत्यतासँग के साइनो होला ? कतिपय अवस्थामा बिरालोले बाटो काट्दा नराम्रो घटना घटेको हुन सक्छ । धामी झाक्रिले फुकेर कतिपय अवस्थामा रोग निको भएको हुन सक्छ । तर यस प्रकारको घटनाहरूको वैज्ञानिक जाँच कसरी गर्ने त ? यस्तै विषयहरूमा केन्द्रित हुँदै ज्ञानशाला अनुसन्धान केन्द्रले आश्विन २३ गते कुरीति, अन्धविश्वास र सबै प्रकारका…
* * मोहनविक्रम सिंह सामाजिक तथा राजनीतिक क्षेत्रमा लागेका केही मान्छेहरू जीवनको लामो अवधिसम्म सक्रियताका साथ क्रियाशील हुन्छन् । उनीहरूको ऊर्जामा कुनै कमी आएको हुँदैन । मानसिक र शारीरिक रूपमा स्वस्थ भएका कारण पनि उनीहरूमा त्यस प्रकारको ऊर्जा आउन सम्भव हो । राजनैतिक तथा वैचारिक सिद्धान्तमा मात्र सीमित भएर त्यस प्रकारको ऊर्जाको निरन्तरता सम्भव नहोला । मानिसलाई व्यक्तिगत कुराहरूले पनि प्रभाव पारिरहेको अवस्था हुन्छ । शारीरिक कुराहरूले प्रभाव पारिरहेको हुन्छ । अनि ती प्रभाव र चुनौतीहरूको सामना गर्न सकिएन भने सामाजिक तथा राजनीतिक क्रियाशीलता नकारात्मक असर पर्न सक्छ । आफ्नो राजनैतिक तथा सामाजिक यात्रामा लामो अवधिसम्म भूमिका निर्वाह नहुन सक्छ । त्यस…
हाइकिङ भनेको दैनिक दिनचर्याबाट मुक्त हुँदै साथीहरूसँग रमाइलो गर्दै एउटा लामो यात्रामा हिँड्नु हो । प्रकृतिको सुन्दरतासँग रमाइलो गर्दै जीवनको बेग्लै आनन्दको अनुभूति गर्नु हो । अहिलेको तनावपूर्ण जीवनमा हाइकिङ, स्वास्थ्य र तनाव व्यवस्थापनको लागि सबैभन्दा राम्रो जीवन पद्धति हो । एउटा लामो पदयात्राले तनाव व्यवस्थापन मात्र होइन, मनमा शान्ति र आनन्दको अनुभूति हुन्छ । तनावले मानिसलाई टाउको दुख्ने, थकाई लागिरहने, पेट खराब हुने, निद्रा नलाग्नेजस्ता समस्याहरू देखिन्छन् । यस कारण पनि तनाव व्यवस्थापन एकदम महत्त्वपूर्ण विषय हो । त्यसको लागि हाइकिङ एउटा उत्तम जीवन शैली हुन सक्दछ । हाइकिङ मुटुको लागि सबैभन्दा राम्रो कसरत हो । त्यसका साथै यसले…
नेपाल धर्मनिरपेक्ष मुलुक हो । धर्मनिरपेक्षताको अर्थ हामीले बुझेनौ कि ? पत्रकार जीवराम भण्डारी ट्विट गर्दै लेख्नुहुन्छ, 'धर्मनिरपेक्षतामा गौरव गर्ने राजनीतिक दलका अगुवा राष्ट्रपति ,प्रधानमन्त्री ,नेता पक्ष ,प्रतिपक्ष उनीहरू मठ मन्दिरमा किन धाइरहेका छन् । राष्ट्रपति देखि प्रधानमन्त्री ,मन्त्री किन मन्दिर दौडी रहेका छन् ? हिजो गल्ती गरेछौँ भन्ने महसुस गरेको वा फेरि अर्को छलछामको प्रयत्नमा लागेको ?' धर्मनिरपेक्षता मुलुकमा पूजा गर्न नै नपाइने हो त ? धर्मनिरपेक्षता भनेको नास्तिक हुनु भनेको हो त ? त्यस्तो पटक्कै होइन । धर्मनिरपेक्षतामा आफ्नो आस्था अनुसार पूजा गर्न पाइ हाल्छ नि । धर्मनिरपेक्षतामा राज्य, धर्मको सन्दर्भमा तटस्थ हुनुपर्यो भनेको मात्र हो । राज्यले कुनै…
गोठालो जीवन वि.सं.१९९७ साल माघ २० गते बागलुङको मल्म गाविस, गल्याङमा जन्मिए, चित्रबहादुर के.सी. । बुवा नरेश्वर उपाध्याय र आमा पार्वती के.सी.को कोखबाट माइलो छोरोको रूपमा जन्मिएका चित्रबहादुरको बाल्यकाल, गोठालो भएरै बित्यो । घरभन्दा केही टाढा रहेको गोठमा १२÷१३ वटा गाई गोरु स्याहार सुसार गर्ने जिम्मेवारी थियो, उनलाई । उनी भन्छन्, ‘८ वर्षको उमेरमा गाई गोठाला भए । दिनभरि जङ्गलमा गाई चराउन जान्थे । अनि बेलुका सबैलाई गोठमा हुल्थे ।’ फुच्चे ८ वर्षको केटोलाई गाई गोरु बाँध्न निकै कठिनाइ हुन्थ्यो । अनि वरिपरि बाटोमा हिँड्ने मानिसलाई रोइ कराई गुहार्थे, उनी । एक दिन जङ्गलमा गाई गोरु चराउन गएको बेला पानीमा…
काठमाडौँ । ‘प्रधानमन्त्री चिन भ्रमणको अवसरमा नेपाल र चिन बिच भएका सम्झौताहरूको कुनै महत्त्व नभएको’ राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बताउनुभयो – ‘त्यति साधारण सम्झौताको लागि प्रधानमन्त्री चिन जानु आवश्यक नै थिएन ।’ ‘वि.सं.२०७४ सालमा नेपाल र चिन बिच बिआरआई सम्झौता भइसकेको सन्दर्भमा सो सम्झौतालाई कुन रूपमा कार्यान्वयन गर्ने महत्त्वपूर्ण विषय भएको’ महासचिव भट्टले बताउनुभयो, – ‘बिआरआईलाई कार्यान्वयन गर्दा ऋणको रूपमा सम्झौता अगाडि बढाउँदा श्रीलङ्काको हम्बनटोटा हुन सक्ने खतरा हुनसक्छ ।’ चिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि बिआरआई अन्तरगत समावेश गर्नुपर्ने भनिरहँदा महासचिव भट्टले ‘चिनको २२ अरब ऋणमामा बनेको पोखरा विमानस्थल नेपालको लागि सेता हात्ती भएको’ बनाउनु भयो – ‘विमानस्थललाई ऋणमा…