Epost Nepal

राजनीति

एमालेको नियत नै बुझ्न सकिएन: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

एमालेको नियत नै बुझ्न सकिएन: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

५ भदौ, काठमाडौँ -माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा एमालेसँग सहकार्य गर्नु गलत भएको बताएका छन् । कांग्रेससँगको सहकार्य लामो समय जान नसक्ने देखेरै आफूले वाम एकताका लागि एमालेसँग गठबन्धन गरे पनि त्यो सहकार्य गर्नु गलत भएको बताएका हुन् । वाग्मती प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारीबीच बुधबारबाट सुरु दुईदिने परामर्श बैठकमा दाहालले एमालेसँग गठबन्धन गर्नु गलत भएको स्विकार गरेका हुन् । ‘कांग्रेससँग लामो समय जाँदैन भन्ने लागेर एमालेसँग सहकार्य सुरु भयो । मित्रहरूले केपी शर्मा ओलीको जिम्मा लिन्छौं, वामहरू मिलौं भनेपछि मैले पनि पत्याएँ,’ उनले भने, ‘त्यतिबेला एमालेसँग गठबन्धन गर्नु गल्ती भएछ । उसको नियत नै बुझ्न सकिएन ।’ प्रधानमन्त्री ओलीले धोका दिए पनि…
Read More
एमाले अस्थित्व रक्षाको लडाईको खुद्रा खेलमा अल्मलिने पार्टी होइन: केपी शर्मा ओली

एमाले अस्थित्व रक्षाको लडाईको खुद्रा खेलमा अल्मलिने पार्टी होइन: केपी शर्मा ओली

२ भदौ, काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थित्व रक्षाको लडाईको खुद्रा खेलमा अल्मलिने पार्टी एमाले नभएको बताएका छन् । आइतबार पार्टी कार्यालय च्यासलमा एमाले केन्द्रीय कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले आगामी निर्वाचनमा बहुमत आउने गरी तयारी गर्नुपर्ने बताएका हुन् । उनले जस्तोसुकै चुनौतिको सामना गरेर भएपनि देशभित्र एमालेलाई बलियो, सशक्त र निर्णायक शक्ति बनाउनुपर्ने धारणा राखे । उनले आफू नेतृत्वको सरकारले देश र जनताको हितलाई असर पर्ने कुनै काम नगर्ने स्पष्ट पारे । अरु दलहरु मोर्चाको खोजीमा रहेपनि एमालेले आफैभित्र मोर्चा बनाएर अघि बढ्ने उनको भनाइ छ । कार्यक्रममा ओलीले केन्द्रीय सदस्यहरु मन्जु शर्मा चालिसे…
Read More
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता

१ भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटवार्तामा केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श तथा सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा कुरा भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । ‘आज शनिबार नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसाग कुराकानी भयो’ ओलीले लेखेका छन्, ‘केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए ।’
Read More
जनार्दनले पार्टी फुटाउँदै छन् भनेर सुनाउँदा आफूले चासो राखेको प्रचण्डको स्वीकार

जनार्दनले पार्टी फुटाउँदै छन् भनेर सुनाउँदा आफूले चासो राखेको प्रचण्डको स्वीकार

१ भदौ, काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध काम गर्दा गर्दै आफूलाई सरकारबाट हटाइएको बताएका छन् । शनिबार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् । 'पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा इतिहासमै महत्वपूर्ण काम भएका छन् ।बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएकोे छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,' उनले भने । फरक प्रसंगमा अध्यक्ष दाहालले उपमहासचिव जनार्दन शर्माले उठाएका व्यवहारिक विषयहरू गम्भीर रहेकाले अनुसन्धान हुने बताएका छन् । उनले भने,‘केही विषय फेरि,…
Read More
माओवादी पार्टी फुट्ने कुरा निराधार: अध्यक्ष पुष्पकमल दाहाल

माओवादी पार्टी फुट्ने कुरा निराधार: अध्यक्ष पुष्पकमल दाहाल

३१ साउन, काठमाडौँ - नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको दाबी गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको बताए । उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउने भन्ने हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको उनको भनाइ छ । उनले पार्टी एकताबद्ध भएको पनि बताए । ‘पार्टी फुट्ने कुरा बिल्कुलै निराधार हो । पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन् । हो-हल्ला, प्रचार धेरै भयो । कतिपय सन्दर्भमा आशंका र भ्रम भए । यो बैठकसम्म आउँदा ती सबै…
Read More
रवि लामिछाने ज्यू छानबिनका लागी तयार हुने आँट छ ?: राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री मुकुल ढकाल

रवि लामिछाने ज्यू छानबिनका लागी तयार हुने आँट छ ?: राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री मुकुल ढकाल

३१ साउन, काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री मुकुल ढकाललाई पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै सभापति रवि लामिछानेमाथि नै प्रश्न तेर्स्याएका छन् । उनले आफू माथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि  उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको स्पष्ट भएको बताएका छन् । “मैले आजसम्म तपाईँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन,  ती सबै सत्यमा आधारित छन् । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ । नैतिक…
Read More
नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको हो: प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको हो: प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

३० साउन, काठमाडौँ - प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्दै दाहालले नेपालको शान्ति प्रक्रिया मौलिक रहेको बताएका हुन् । उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको बताए । 'संसारभर चल्ने यसप्रकारका युद्धहरू कि त हारमा परिणत भएका छन् कि सम्पूर्ण रूपले जितमा तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ र हाम्रा अनुभव निकै मौलिक छन्,' पूर्वप्रधानमन्त्री दाहालले भने, 'हाम्रै गृह, जलवायु, माटो, संस्कृति र परम्परा अनुकूल हुर्किएको शान्ति प्रक्रियाको रूपमा यो रहेको…
Read More
संक्रमणकालीन न्याय निरुपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा

संक्रमणकालीन न्याय निरुपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा

३० साउन, काठमाडौँ - नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियाली रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलका क्रममा बोल्दै सभापति देउवाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नै बनेकाले पीडितहरूले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए । 'संक्रमणकालीन न्याय टुंगोमा  पुगेकोमा अन्तर्राष्ट्रियहरूले समुदायले नजिकबाट नियाली रहेका छन्,'देउवाले भने,' यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति गर्ने व्यवस्था गरेको छ।  सबै पीडितहरूले न्यायको अनुभूति गर्नेछन् ।' उनले  संक्रमणकालीन न्याय निरुपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि भएको बताए…
Read More
शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि टीआरसीमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय: प्रधानमन्त्री केपी शर्मा ओली

शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि टीआरसीमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय: प्रधानमन्त्री केपी शर्मा ओली

३० साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको  बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले टीआरसी विधेयक पास गरेर  छोटो अवधिमा नेपालमा द्वन्द्वको अन्तिम किस्ताको व्यवस्थापन भइसक्यो भनेर दुनियाँलाई सन्देश दिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने स्पष्ट पारे । 'हाम्रो देशमा द्वन्द्व थियो । हामीले शान्ति प्रक्रिया अगाडि बढायौँ । यो प्रक्रिया हाम्रो आफ्नै हिषाबको मौलिक (होम ग्रोन) हो । कहिले धीमा गति र कहिले…
Read More
पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरषद्को  बैठकले डेडिकेटेड र ट्रंक लाइनको १६ अर्ब छुट दिने निर्णय गर्‍यो: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल

पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरषद्को बैठकले डेडिकेटेड र ट्रंक लाइनको १६ अर्ब छुट दिने निर्णय गर्‍यो: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल

२९ साउन, काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरषद्को बैठकले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत उपभोग गरेका व्यापारीलाई बक्यौतामा १६ अर्ब छुट दिने निर्णय गरेको दाबी गरेका छन् । यो छट २०८१ बैशाख २१ को मन्त्रिपरषद्को बैठकले गरेको उनको भनाइ छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमाले सांसदसमेत रहेका लेखा समिति सभापति पोखरेलले सरकार, नेपाल विद्युत प्राधिकरण र व्यापारीबीच मेलमिलाप भएर सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे समिति बनेको पनि दाबी गरे । त्यस्तै डेडिकेटेड र ट्रंक लाइनको विद्युत उपभोग गर्ने उद्योगीले २१ अर्ब ८८ करोड तिर्नुपर्ने…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search