Epost Nepal

माओवादी पार्टी फुट्ने कुरा निराधार: अध्यक्ष पुष्पकमल दाहाल

३१ साउन, काठमाडौँ – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको दाबी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको बताए । उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउने भन्ने हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको उनको भनाइ छ । उनले पार्टी एकताबद्ध भएको पनि बताए ।

‘पार्टी फुट्ने कुरा बिल्कुलै निराधार हो । पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन् । हो-हल्ला, प्रचार धेरै भयो । कतिपय सन्दर्भमा आशंका र भ्रम भए । यो बैठकसम्म आउँदा ती सबै भ्रम चिरिएका छन्,’ उनले भने, ‘खासगरी कमरेड प्रभाकर (जनागर्दन शर्मा) ले पार्टी फुटाउँछ भनेको जस्तो जो माहोल बनेको छ, त्यो बिल्कुलै गलत हो, हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकर लगायतसँग जे आशंका गरिएको छ, गलत छ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search