Epost Nepal

राजनीति

दाहाल नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/ नगराउन एमालेको ध्यानाकर्षण

दाहाल नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/ नगराउन एमालेको ध्यानाकर्षण

२० असार, काठमाडौं - नेकपा (एमाले)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/ नगराउन ध्यानाकर्षण गरेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डलाई दीर्घकालीन असर हुने काम नगर्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, 'संसद्का दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको र वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजिनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ ।…
Read More
रास्वपाले गर्‍यो महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन

रास्वपाले गर्‍यो महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन

२० असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो । महामन्त्री ढकालले भने बैठकका छलफल पारदर्शी हुनुपर्ने बताउँदै प्रत्यक्ष प्रसारण गरिनुपर्ने माग उठाएका थिए । उनले विरोधस्वरूप बुधबारको बैठकमा मुखमा कालो टेप टाँसेकासमेत थिए । बैठकमा आफ्नो स्पष्टीकरणसहित प्रस्तावहरू राख्न नदिइएपछि सञ्चारमाध्यममार्फत उनले सार्वजनिक गरेका थिए ।
Read More
कांग्रेस-एमाले सत्ता समीकरणलाई समर्थन गर्ने लोसपाको निर्णय

कांग्रेस-एमाले सत्ता समीकरणलाई समर्थन गर्ने लोसपाको निर्णय

१९ असार, काठमाडौं - महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको सत्ता समीकरण सहमतिलाई सकारात्मक भन्दै त्यसको समर्थन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबार भएको पदाधिकारी बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नयाँ सहमति गरेका राजनीतिक दलसँग सत्ता सहकार्य गरेर जाने निर्णय पनि गरेको छ । बैठकले कांग्रेस र एमालेबीच भएको सहमतिअनुरुप गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी दिएका थिए । सचेतक चौधरीले विगतमा पनि कांग्रेससँग…
Read More
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

१९ असार, काठमाडौं - नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीको निर्णयअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । यसैगरी बर्तौलाले एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी गरेको जानकारी दिए । हामीले राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्‍याउन प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्ने समय दिएका थियौं । तर उहाँले त्यसो गर्नुभएन’ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘प्रधानमन्त्रीको राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णयमा पुग्यौं ।’ नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएको थियो…
Read More
रवि लामिछानेले पार्टीको समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव महामन्त्री डा. मुकुल ढकाललाई पेश गर्न दिएनन्

रवि लामिछानेले पार्टीको समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव महामन्त्री डा. मुकुल ढकाललाई पेश गर्न दिएनन्

१९ असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति र महामन्त्रीबीच विवाद बढ्दै गएको छ । बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले पार्टीको समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव महामन्त्री डा. मुकुल ढकाललाई पेश गर्न नदिएको भनाई छ । रास्वपाका महामन्त्री ढकालका अनुसार समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न मंगलबारको सचिवालयको बैठकमा अनुमति दिएको थियो। तर महामन्त्री ढकालले लिखित प्रस्ताव तयार पारे पनि पेश गर्ने अनुमति सभापति लामिछानेले नदिएको जानकारी दिएका छन् । उनले प्रतिवेदनको आधारमा तयार पारिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनुपर्ने उल्लेख भएको जानकारी दिए । ‘समीक्षा प्रतिवेदनका…
Read More
कांग्रेसको कार्य सम्पादन समितिको बैठक: एमालेसँगको समझदारीलाई अनुमोदन,  मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह

कांग्रेसको कार्य सम्पादन समितिको बैठक: एमालेसँगको समझदारीलाई अनुमोदन, मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह

१९ असार, काठमाडौं - नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मूलतः पदाधिकारी बैठकमा एमाले र कांग्रेसबीच भएको समझदारीलाई स्वागत गरिएको बताए । उनले भने, 'एमाले र कांग्रेसबीच सत्ता साझेदारी गर्ने दुई दलका शीर्ष नेर्ताहरूबीच भएको समझदारीलाई बैठकले समर्थन गरेको छ ।' यसैगरी बैठकमा नेतृत्वको सवालमा जानकारी दिइएको बताए । उनले भने, 'बैठकले पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो…
Read More
बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमालेको आग्रह

बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमालेको आग्रह

१८ असार, काठमाडौं - नेकपा (एमाले) ले नयाँ सरकार निर्माणका लागि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमति अनुरूप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए। यस्तै बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसद्‌मा रहेका सबै दलहरुलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ ।
Read More
कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य: राष्ट्रिय प्रजातन्त्र पार्टी

कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य: राष्ट्रिय प्रजातन्त्र पार्टी

१८ असार, काठमाडौं - नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सकारात्मक भनेको छ । दुई दलबीचको सहमतिपछि बदलिएको परिस्थितिबारे मंगलबार राप्रपाले पदाधिकारी बैठकमा छलफल गरेको थियो । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको पदाधिकारी बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य रहेको बताए । ‘अहिले कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार बाहिर आइराखेको छ। त्यो सहमतिको मुख्य बुँदा भनेको संविधान संशोधन हो। संविधान संशोधन गर्न पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने भन्ने कुरा आयो, त्यसलाई हामीले प्रारम्भिक रूपमा स्वागतयोग्य विषय मानेका छौं।’ अहिलेको…
Read More
कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

१८ असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ । मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ सरकारमा पार्टी सहभागी नहुने बताए । “अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । सरकारमा जाँदैनौँ,” उनले भने । अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने उनले बताए । “अहिले केही अनुमान र आधिकारिक प्रक्रिया अघि नबढेको हुँदा सरकार अर्को बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वाभाविक रूपमा बाहिरिन्छौँ,” परियारले भने ।
Read More
राप्रपाले बोलायो पदाधिकारी बैठक

राप्रपाले बोलायो पदाधिकारी बैठक

१८ असार, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले मंगलबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो २ बजे बैठक बस्न लागेको एक पदाधिकारीले जानकारी दिए । विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल गरिने ती नेताले बताए । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गए राति सत्तासाझेदारीको सहमति भएपछि राजनीतिक दलभित्र आन्तरिक छलफल तीव्र बनेको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search