Epost Nepal

राजनीति

सदन र सडक संघर्षले केही महिनाभित्र कांग्रेस-एमाले गठबन्धन सरकारविरुद्ध प्रतिकूल अवस्था आउने पुष्पकमल दाहालको दाबी

सदन र सडक संघर्षले केही महिनाभित्र कांग्रेस-एमाले गठबन्धन सरकारविरुद्ध प्रतिकूल अवस्था आउने पुष्पकमल दाहालको दाबी

१० असोज, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमाले गठबन्धनविरुद्ध सदन र सडकबाट आन्दाेलन गर्ने बताएका छन् । अखिल क्रान्तिकारीको २३औ‌ं सम्मेलनको उद्घाटन गर्दै दाहालले प्रतिपक्षकाे सदन र सडक संघर्षले केही महिनाभित्र कांग्रेस-एमाले गठबन्धन सरकारविरुद्ध प्रतिकूल अवस्था आउने दाबी गरे । सरकारमा रहँदा दलाल पुँजीपतिहरुको राइँदाइँमाथि जेहाद छेडेको उल्लेख गर्दै उनले सदन र सडकबाट केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिने उल्लेख गरे । ‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौं । तिमीहरु मिलेर बस भनेका छौं । तर हामीले चाहँदैमा उनीहरु मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ ।’ उनले संविधानविरुद्ध उभिने खोजे माओवादीले प्रतिरोध गर्ने बताए । ‘फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर…
Read More
संविधानमा भएका अधिकारहरू कटौती गर्ला भनेर सोच्नु जन्मदिने आमाले आफ्नो बालकको अहित चिताउँछ र?: कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह

संविधानमा भएका अधिकारहरू कटौती गर्ला भनेर सोच्नु जन्मदिने आमाले आफ्नो बालकको अहित चिताउँछ र?: कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह

९ असोज, काठमाडौं - कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसदका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतको समीकरणमा सरकार बनाएको बताएका छन् । बुधबार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८/९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतका दलहरूको सरकार बनेको बताएका हुन् । उनले गत निर्वाचनको परिणाम अनुरूपको संसद नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गरे । उनले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयकहरू समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको बताए । उनले कांग्रेस–एमाले अधिकारका लागि लडेका पार्टी भएको…
Read More
लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास: एमालेका महासचिव शङ्कर पोखरेल

लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास: एमालेका महासचिव शङ्कर पोखरेल

९ असोज, कैलाली - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला उनीविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित विपरीत र खेदजनक रहेको बताएका छन् । कैलालीको धनगढीमा बुधबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अमेरिका भ्रमणमा रहेका  प्रधानमन्त्री ओलीविरुद्ध त्यहाँ कुनै प्रकारको विरोध प्रदर्शन नभएको र उनको भ्रमण अत्यन्त सफल ढंगले भइरहेको बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीसँग संवाद गर्न अमेरिकाको बौद्धिक वर्ग लालायित देखिएको छ ।’ महासचिव पोखरेलले सहकारी प्रकरणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  सभापति रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास भएको बताए ।…
Read More
सरकार फेरबदलका लागि बाहाना नपाएपछि कांग्रेस-एमालेले संविधान संशोधनको एजेण्डा फ्याँके: पुष्पकमल दाहाल

सरकार फेरबदलका लागि बाहाना नपाएपछि कांग्रेस-एमालेले संविधान संशोधनको एजेण्डा फ्याँके: पुष्पकमल दाहाल

७ असोज, काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन कांग्रेस र एमालेको एजेण्डा नै नभएको आरोप लगाएका छन् । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा सोमबार भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा अध्यक्ष दाहालले सरकार फेरबदलका लागि बाहाना नपाएपछि कांग्रेस-एमालेले संविधान संशोधनको एजेण्डा फ्याँकेको बताए । ‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन,’ अध्यक्ष दाहालले भने, ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।’ वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले…
Read More
अहिलेका उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए सत्ता गठबन्धनलाई आफूहरुको पूरा सहयोग रहन्छ: माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ

अहिलेका उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए सत्ता गठबन्धनलाई आफूहरुको पूरा सहयोग रहन्छ: माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ

६ असोज, काठमाडौं - नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेका उपलब्धिहरुलाई कुनैपनि कोणबाट कुठाराघात नगर्ने गरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् । सिंहदबारमा आइतबार संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए सत्ता गठबन्धनलाई आफूहरुको पूरा सहयोग रहने बताए । उनले भने, ‘संविधान संशोधनको जहाँसम्म कुरा छ, तीन वटै कोणबाट यसलाई हामीले विचार गरौँ । एउटा संविधान जारी गर्दाखेरि नै अहिलेसम्मको अनुभवको आधारमा हामी सबैले करिब करिब स्वीकार गरेको त्यही तार्किक संगति पनि नमिलेको केही पक्षहरु छन् । हामी सबै सहमत भएको अन्तरवस्तु । तर…
Read More
कसैको दबाब र लहडमा नेपाली कांग्रेस प्राप्त उपलब्धिबाट पछाडि हट्दै: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

कसैको दबाब र लहडमा नेपाली कांग्रेस प्राप्त उपलब्धिबाट पछाडि हट्दै: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

६ असोज, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनले महिला र दलितको प्रतिनिधित्व बढाउने सुनिश्चितता गर्नुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा मिश्रित निर्वाचन प्रणाली विषयक विश्लेषणात्मक छलफलमा महामन्त्री थापाले आन्दोलनबाट स्थापित महिला, दलितको प्रतिनिधित्व नघटाउने गरी संविधान संशोधन हुने दाबी समेत गरे । महामन्त्री थापाले १० वर्षको संविधानको अनुभवका आधारमा संशोधन गर्न लागेको भन्दै विशेष गरी निर्वाचन प्रणालीको विषय बहसमा रहेको र निर्वाचन प्रणालीबाटै सबैको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने धारणा राखे । उनले कसैको दबाब र लहडमा नेपाली कांग्रेस प्राप्त उपलब्धिबाट पछाडि नहट्ने स्पष्ट पारे । उनले भने, ‘आज हामी १० वर्षको संविधानको अनुभवका आधारमा त्यसको पुनरावलोकन गर्नुपर्छ भनेका छौँ । साथै निर्वाचन…
Read More
माओवादी ढिलो नगरी एकताबद्ध होऔं, हामीले सबै मोर्चा जित्न सक्छौ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

माओवादी ढिलो नगरी एकताबद्ध होऔं, हामीले सबै मोर्चा जित्न सक्छौ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

५ असोज, काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सबै माओवादी शक्तिहरू एक  ठाउँमा केन्द्रीत भएर अगाडि जानुको विकल्प नभएको बताएका छन् । शनिबार पेरिसडाँडामा शहिद प्रतिष्ठान नेपालको १५ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनकारी शक्तिलाई  एकताको प्रक्रियामा आउन आह्वान गरे । 'सबै माओवादी एक ठाँउमा केन्द्रीत भएर अगाडि जानुको विकल्प छैन, सबैको मर्म एउटै छ, त्यसकारण पनि एक ठाँउमा आउनुको विकल्प छैन', उनले भने, 'ढिलो नगरी हामी सबै एकताबद्ध होऔं, हामीले सबै मोर्चा जित्न सक्छौ ।' आफ्नो नेतृत्वको सरकारले ‘जनयुद्ध’ का शहिदलाई राष्ट्रिय शहिदको मान्यता दिएको र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको समेत स्मरण गरे ।…
Read More
क्लिन चिटको परिभाषा बदलिएको हो ?: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि

क्लिन चिटको परिभाषा बदलिएको हो ?: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि

५ असोज, काठमाडौं - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सहकारी बचत अपचलन सम्बन्धमा छानबिन गर्न बनेको समितिको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कांग्रेस जिल्ला कार्यसमितिको बैठक तथा समसामयिक विषयमा छलफल कार्यक्रममा निधिले सहकारी प्रकरणमा विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेकोमा सरकारले कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन् । रास्वपाकै कतिपय नेताहरूले दोषी ठहर गरेका लामिछानेलाई क्लिन चिट दिएको भनेर भ्रम फिजाउन खोजेको उनले बताए। ‘के क्लिन चिटको परिभाषा बदलिएको हो ? त्यसो हो भने क्लिनचिटको परिभाषा बदल्नुपर्‍यो,’ उनले भने । रास्वपाका नेताहरूले सहकारीको रकम अनियमिततका सम्बन्धमा चेक काट्नेलाई हत्कडी…
Read More
सहकारीको रकम असुरक्षित गर्नेहरुलाई दण्डित गरिनुपर्छ: नेकपा एमालेका महासचिव शंकर पोख्रेल

सहकारीको रकम असुरक्षित गर्नेहरुलाई दण्डित गरिनुपर्छ: नेकपा एमालेका महासचिव शंकर पोख्रेल

५ असोज, दाङ - नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजोरी स्वीकार्नु पर्ने ठाउँमा उल्टै ‘क्लिन चिट’ पाएको हल्ला गर्नु उचित नभएको बताएका छन । प्रेस चौतारी नेपाल दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटको हल्ला चलाउनु उचित नभएको बताएका हुन । ‘अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले,’ उनले भने, ‘सहकारीको रकम असुरक्षित गर्नेहरुलाई दण्डित गरिनुपर्छ । त्यस्तै उनले लामिछानेले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा बिना लगानी शेयर लिएर भ्रष्टाचार गरेको दाबी गरे । ‘गोरखा…
Read More
पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरंग नै पैदा गरेको छ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरंग नै पैदा गरेको छ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

४ असोज, काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसकिने बताएका छन् । पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको दसौं राष्ट्रिय महाधिवेशनको सन्देशसभा विषयक कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाट नै पार्टीप्रति निराशा पैदा गर्ने काम भएको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने बताएका हुन् । महाधिवेशनमा पराजय भएका कारण पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरंग नै पैदा गरेको उनले बताए । उनले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुँदै गएको बताए । अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search