Epost Nepal

कसैको दबाब र लहडमा नेपाली कांग्रेस प्राप्त उपलब्धिबाट पछाडि हट्दै: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

६ असोज, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनले महिला र दलितको प्रतिनिधित्व बढाउने सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा मिश्रित निर्वाचन प्रणाली विषयक विश्लेषणात्मक छलफलमा महामन्त्री थापाले आन्दोलनबाट स्थापित महिला, दलितको प्रतिनिधित्व नघटाउने गरी संविधान संशोधन हुने दाबी समेत गरे ।

महामन्त्री थापाले १० वर्षको संविधानको अनुभवका आधारमा संशोधन गर्न लागेको भन्दै विशेष गरी निर्वाचन प्रणालीको विषय बहसमा रहेको र निर्वाचन प्रणालीबाटै सबैको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने धारणा राखे । उनले कसैको दबाब र लहडमा नेपाली कांग्रेस प्राप्त उपलब्धिबाट पछाडि नहट्ने स्पष्ट पारे ।

उनले भने, ‘आज हामी १० वर्षको संविधानको अनुभवका आधारमा त्यसको पुनरावलोकन गर्नुपर्छ भनेका छौँ । साथै निर्वाचन प्रणालीमा पनि बहसमा छौँ । हामी आफ्नै आन्दोलनबाट आफ्नो अनुभवबाट, आफ्नो नेतृत्वबाट, यस्तो निर्वाचन प्रणाली, जुन निर्वाचन प्रणालीबाट सबैको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्छ, हामीले बनाएको संसदमा, हामीले बनाएको वडा, गाउँपालिका सबै ठाउँमा महिला, दलित, मधेसी, अल्पसंख्यक सबैको प्रतिनिधित्व हुनुपर्छ भनेर बनाएको कुरा कसैको दबाबमा, कसैको लहडमा हामी यसमा पछाडि हट्छौँ, यो हामीलाई कसैले बोकाइदिएको भारी हो ? यो हामीले गरेको नेतृत्व हो ।’

महामन्त्री थापाले कसैले लहडको भरमा संविधानमा रहेका यी चीज हटाउँछौँ भन्दै हिडिरहेकोप्रति आक्रोश पोखे । ‘२०६२/०६३ को आन्दोलनको नेता को हो? सबै हामी सहभागी थियौँ कि थिएनौँ ? २०७०, २०७२ सालको संविधान निर्माण गर्ने बेलाको नेता को ? त्यहाँ पनि हामी नै थियौँ । यो व्यवस्थाहरू ल्याउनका लागि हामीले कति संघर्ष गरेका छौँ ? हामी सबैलाई थाहै छ,’ उनले भने, ‘अनि हाम्रो पार्टीभित्र बेलाबेला किन भ्रमित पार्ने हुन्छ। कांग्रेसको कुनैपनि साथीले कुनैपनि ठाउँमा गएर छलफल गर्दैगर्दा सजिलोसँग किन यो समानुपातिक प्रणाली हटाउने भनेर भनिरहनुभएको छ? यो हटाउने होइन, यसलाई थप बढाउने हो । थप समावेशी बनाउने हो । यो संविधान संशोधनले महिला र दलितको प्रतिनिधित्व खुम्च्याउने होइन, बढाउने हो । यसको रक्षा गर्ने, यसलाई थप बढाएर संस्थागत गरेर लैजाने काम नेपाली कांग्रेसको हो ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search