Skip to main content

Epost Nepal

पर्वतमा कालीगण्डकीको बाढीले २५ घर बगायो

११ असोज, काठमाडौं — कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन्।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको थियो। उक्त बस्तीमा करिब ८० घर रहेका थिए। तीमध्ये २५ घर बगेका छन् भने अन्य घरहरू पनि जोखिममा रहेको प्रहरीले जनाएको छ।

घटनामा हालसम्म मानवीय क्षति भने भएको छैन। बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न सकेको छैन। घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *