Skip to main content

Epost Nepal

सांसदको सम्पत्ति विवरण बुझाउने समयसीमा भदौ २९ सम्म

१ साउन, काठमाडौं — संघीय संसद्का सांसदले आगामी भदौ २९ गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संसद् सचिवालयका उपसचिव अधिराज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत राष्ट्रियसभा र प्रतिनिधिसभाका सबै सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्न अनुरोध गरिएको हो।

विज्ञप्तिअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) बमोजिम सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।

सांसदलाई आफ्नो तथा आफ्नो परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति, त्यसको स्रोत वा निस्सासहितको विवरण खामबन्दी गरेर बुझाउन पनि भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *