Skip to main content

Epost Nepal

बहस सकियो, मिसिल अध्ययनपछि रवि–छविको मुद्दामा फैसला

३ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्ध दायर मुद्दामा भएको बहस टुंगिएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा बिहीबार दुवै पक्षका तर्फबाट बहस सम्पन्न भएको हो । दुवै पक्षका कानुन व्यवसायीहरूले बहस सकिएको पुष्टि गरेका छन् । सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अभियोगमा उनीहरू हाल थुनामा छन् ।

यसअघि मङ्सिर २५ गतेका लागि तोकिएको पेसी ‘हेर्न नमिल्ने’ परेपछि स्थगित गरिएको थियो भने मङ्सिर ११ गतेको पेसी लामिछानेका कानुन व्यवसायीको आग्रहमा सारिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको भनिएको आफ्नो भागको बिगो रकम बुझाए पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न नमानेको थियो । सो आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *