Skip to main content

Epost Nepal

एमाले महाधिवेशन: राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिए, ओली नेतृत्वलाईगरे समर्थन

१ पुष, काठमाडौं — नेकपा एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव पदका लागि उम्मेदवारी दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

फेसबुकमार्फत जानकारी दिँदै उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

उनले उल्लेख गरेका छन्, ‘पार्टीको ११औँ महाधिवेशनको आज चौथो दिन हो। राष्ट्रिय संकट र चौतर्फी घेराबन्दीको अवस्थाबीच सम्पन्न भइरहेको यस महाधिवेशनमा जनताबाट प्राप्त व्यापक सहभागिता र समर्थनप्रति हार्दिक सम्मान व्यक्त गर्दै, केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई विजय गराउने उद्देश्यले पार्टी नेतृत्वको सुझाव र सल्लाहअनुसार उपमहासचिव पदको उम्मेदवारी फिर्ता लिएको छु। यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा अमूल्य मत प्राप्त हुने विश्वास लिएको छु। धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *