Skip to main content

Epost Nepal

सर्वोच्चको आदेशपछि हितेन्द्रदेव शाक्य पुनः कार्यकारी निर्देशकको रूपमा पदस्थापित

२४ मंसिर, काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको आदेशपछि पदभार ग्रहण गरेका छन्।

बुधबार बिहान १० बजे उनी प्राधिकरणको कार्यालय पुगेर औपचारिक रूपमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका हुन्।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेसँगै असोज ५ गते कुलमान घिसिङले शाक्यलाई पदबाट हटाई मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए।

आफू पाँच वर्षका लागि नियुक्त भइसकेको र गैरकानुनी रूपमा हटाइएकै दाबी गर्दै शाक्यले घिसिङको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सोमबार न्यायाधीश नहकुल सुवेदी तथा श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा काम गर्न परमादेश जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *