Skip to main content

Epost Nepal

फागुन २१ को चुनाव : रोल्पाबाट गगन थापा पनि प्रत्यक्ष उम्मेदवार सिफारिस

२३ मंसिर, काठमाडौं — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस गरिएको छ।

रोल्पा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा थापासहित पाँच जनाको नाम सिफारिस सूचीमा परेको महाधिवेशन प्रतिनिधि तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका स्वकिय सचिव अनुपम जिसीले जानकारी दिए।

प्रत्यक्षतर्फका उम्मेदवार सिफारिसमा गगन थापा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, युवा व्यवसायी डा. मन्दीप सुवेदी र युवा नेता ज्ञानबहादुर ओलीको नाम समावेश गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *