Skip to main content

Epost Nepal

ग्यास विस्फोटबाट गोवाको नाइटक्लबमा भीषण आगलागी, २३ मृत

२१ मंसिर, काठमाडौं — भारतको गोवा राज्यको उत्तरी क्षेत्र अर्पोरा स्थित एक नाइटक्लबमा भएको भीषण आगलागीमा २३ जनाको ज्यान गएको छ। किचनमा काम गर्ने क्रममा सिलिन्डर विस्फोट भएपछि आगो फैलिएको भारतीय प्रहरीको भनाइ छ।

समाचार एजेन्सी पीटीआई अनुसार, गोवाका डीजीपी आलोक कुमारले राति १२:०४ बजे सूचना पाएलगत्तै प्रहरी, दमकल र एम्बुलेन्स टोली घटनास्थलमा पुगेको बताए। उनका अनुसार सबै शव फेला पारिएको छ।

आगलागी क्लबको भुइँतलामा रहेको किचन क्षेत्रबाट सुरु भएको थियो र त्यही क्रममा २३ जनाको मृत्य‌ु भएको पुष्टि गरिएको हो। स्थानीय बासिन्दा र कर्मचारीका अनुसार, घटना हुँदा क्लबमा कर्मचारीसँगै केही ग्राहक पनि उपस्थित थिए। मृत्यु हुनेमध्ये चारजना पर्यटकसमेत रहेकाछन्।

प्रारम्भिक विवरणअनुसार, तीनजनाको मृत्यु प्रत्यक्ष रुपमा आगोले पोल्दा भएको हो भने बाँकीको मृत्यु धुँवाका कारण निसास्सिएर ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *