Skip to main content

Epost Nepal

नलिन्चोक हेलिप्याड विवादः प्राधिकरण डीजी अधिकारी पक्राउ

१७ मंसिर, काठमाडौं — नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको आरोपमा उहाँलाई नियन्त्रणमा लिइएको हो।

अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रकरणमा अधिकारीसहित अन्य सम्बन्धित व्यक्तिमाथि अनुसन्धान अघि बढाउँदै सोहि दिन विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्राधिकरणको स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड निर्माण गर्नेसमयमा अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गरिएको हो।

नलिन्चोकमा हेलिप्याड निर्माणको औचित्यमाथि पनि निरन्तर प्रश्न उठ्दै आएको छ। वातावरणीय प्रभाव मूल्यांकन (EIA) नगरी हेलिप्याड निर्माण गरिएको आरोप समेत उजुरीमा उल्लेख गरिएको थियो। यस हेलिप्याडको उद्घाटन ७ असार २०८१ मा तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङ र महानिर्देशक प्रदीप अधिकारीले संयुक्त रूपमा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *