Skip to main content

Epost Nepal

नेतृत्व पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ : ओली

१४ मंसिर, काठमाडौं − नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरण स्वभाविक विषय भएको बताएका छन्। उनका अनुसार, समयको मागअनुसार यस्तो प्रक्रिया स्वतः अघि बढ्ने भएकाले लगातार बल दिएर भन्नुपर्ने विषय होइन।

आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित लोगो सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले भने,
“अधिवेशन हुँदा कमिटीमा केही साथी हट्छन्, नयाँहरू आउँछन्—यो सामान्य प्रक्रिया हो। पुनर्गठन हुन्छ, हस्तान्तरण र पुस्तान्तरण पनि हुन्छ। यो नहुने भनेर कसैले रोक्न पनि सक्दैन। आवश्यकताअनुसार नै यी सबै प्रक्रिया अघि बढ्छन्।”

उनले अधिवेशनको आवश्यकता पनि यही कारणले पर्ने उल्लेख गरे।
“अधिवेशन विधि–विधान, संगठनात्मक र नीतिगत विषय, राजनीतिक कार्यको समीक्षा तथा आगामी दिनका मार्गनिर्देशनका लागि अनिवार्य हुन्छ,” ओलीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *