Skip to main content

Epost Nepal

सांसद धवलशमशेर जबरा पक्राउ, सभामुखलाई प्रहरीको आधिकारिक जानकारी

१६ चैत, काठमाडौं — राजावादी प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबराको विषयमा प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सांसद जबरा फौजदारी अभियोगमा पक्राउ परेको जानकारी गराउँदै संसद् सचिवालयलाई औपचारिक पत्र पठाएको हो। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संविधानको व्यवस्थाअनुसार सांसद पक्राउ परे सभामुखलाई सूचित गर्नुपर्ने भएकाले सो पत्र प्राप्त भएको छ।

संविधानको धारा १०३ (६) मा व्यवस्था गरिएको छ कि संसद्को अधिवेशन जारी रहेका बेला कुनै पनि सदस्यलाई फौजदारी अभियोगमा संघीय कानुनबमोजिम पक्राउ गर्न पाइन्छ, तर त्यसबारे सभामुखलाई तुरुन्त जानकारी गराउनुपर्छ। यही प्रावधानअनुसार प्रहरीद्वारा पत्राचार भएको हो।

सांसद जबरालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *