Skip to main content

Epost Nepal

असोज १२ गते शनिबारदेखि दसैंको लागि अग्रिम टिकट बुकिङ खुल्ने

८ असोज, काठमाडौं – असोज १२ गते शनिबारदेखि दसैंको लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

सरोकारवाला निकायबीच मंगलबार भएको छलफलमा शनिबारदेखि चाडपर्व लक्षित गरी अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो ।

यातायात व्यवस्थापनमा सहजता ल्याउनका लागि यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो ।

यसैगरी यातायात विभागले अनलाइनमार्फत बुकिङ गर्ने व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ । त्यस्तै चाडपर्वका बेला चल्ने सवारीसाधनमा प्रभावकारी अनुगमन गर्ने, यात्रुले टिकट लिएरमात्रै यात्रा गर्ने, काउन्टरमा यात्रुको परिचय खुल्ने विवरण राख्नुपर्ने, अनाधिकृत काउन्टरबाट टिकट बिक्री नगर्ने निर्णय गरिएको छ ।

त्यस्तै घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गर्ने निर्णय समेत गरिएको छ । लामो दूरीका सार्वजनिक सवारीमा भने कम्तिमा दुई जना चालक राख्नुपर्न निर्णयसमेत भएको यातायात विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *