Skip to main content

Epost Nepal

जटिल प्रकृतिका बेरुजु फर्स्याेट गर्न समिति गठन

४ असोज, काठमाडौं – जटिल प्रकृतिका वर्षौँदेखिका बेरुजु फर्स्याेट गर्न सरकारले समिति गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सामान्य प्रक्रियाबाट फर्स्याेट हुन नसकेका बेरुजु फर्स्याेट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अधयक्षतामा बेरुजु फर्स्याेट समिति गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने निर्णय गरेको हो ।

महालेखापरीक्षक कार्यालयले अर्बौँको बेरुजु लामो समयदेखि उठ्न नसकेको भन्दै यसलाई सल्टाउन विगतदेखि नै अनुरोध गर्दै आएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा समिति गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *