Skip to main content

Epost Nepal

ओली सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीको शपथ

३१ असार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् ।

सोमबार प्रधानमन्त्री ओलीको शपथ लगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् ।

कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक पटकमन्त्री भएका व्यक्ति हुन् ।

कांग्रेसबाट प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा पाएका छन् । नयाँ सरकारमा कांग्रेसकी आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् ।

यी हुन् सोमबार शपथ लिएका २१ मन्त्रीहरु–

१. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास

२. विष्णु पौडेल – उपप्रधान तथा अर्थ

३. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि

४. रमेश लेखक – गृह

५. शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा

६. आरजु राणा – परराष्ट्र

७. प्रदीप यादव – खानेपानी

८. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

९. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति

१०. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

११. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात

१२. तेजुलाल चौधरी – युवा तथा खेलकुद

१३. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला

१४. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि

१५. मानवीर राई – रक्षा

१६. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ

१७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन

१८. ऐनबहादुर शाही – वन तथा वातावरण

१९. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या

२०. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

२१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास

Leave a Reply

Your email address will not be published. Required fields are marked *