Skip to main content

Epost Nepal

राष्ट्रपति रामचन्द्र पाैडेलले नयाँ सरकार गठनका लागि गरे कानुनविद्‌हरुसँग परामर्श

२८ असार, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएसँगै राष्ट्रपति रामचन्द्र पाैडेलले नयाँ सरकार गठनका लागि परामर्श सुरु गरेका छन्।

संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्री पदमुक्त भएपछि संविधानको

उपधारा (२) वा (३) बमोजिम सरकार गठनको आह्वान गर्ने भन्ने विषयमा राष्ट्रपति पौडेलले कानुनविद्‌हरुसँग छलफल गरेका हुन् ।

यसक्रममा राष्ट्रपतिले परामर्शका लागि संविधानविद्हरूलाई शीतलनिवास बोलाएर छलफल गरेका छन् ।

छलफलमा कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *