Skip to main content

Epost Nepal

अशोक राई नेतृत्वको जसपाले लियो सरकारलाई दिएको समर्थन फिर्ता

२१ असार, काठमाडौं – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

उक्त पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उक्त पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसीना खानले पनि राजीनामा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *