Skip to main content

Epost Nepal

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

१९ असार, काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीको निर्णयअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।

यसैगरी बर्तौलाले एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी गरेको जानकारी दिए ।

हामीले राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्‍याउन प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्ने समय दिएका थियौं । तर उहाँले त्यसो गर्नुभएन’ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘प्रधानमन्त्रीको राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णयमा पुग्यौं ।’

नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *