Skip to main content

Epost Nepal

हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई

१४ असार, चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् ।

शुक्रबार चितवन पुगेका अध्‍यक्ष प्रचण्डले हतारमा पार्टी एकता गरेर बिगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताए ।

‘पार्टी एकता वा वाम एकताभन्दा पनि राजनैतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौँ’, प्रधानमन्त्री दाहालले भने । पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उनले सतर्कताका साथ आफूहरु अगाडि बढेको बताए ।

प्रधानमन्त्री दाहालले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत गरेर काम गरिरहेको बताए । मन्त्रालयका आ–आफ्ना जटिलता रहेको उल्लेख गर्दै उनले भने, ‘जनतालाई प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम देखिनुपर्छ ।’ समग्रमा अहिलेको परिस्थिति जस्तो छ त्यही अनुसार सरकारले गर्न सक्ने काम मेहनत गरेर गरिरहको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *