Skip to main content

Epost Nepal

कोशी प्रदेश सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट

१ असार, विराटनगर – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार अघिल्लो बजेटभन्दा करिब एक अर्ब घटीको बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ कराेड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० कराेड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ कराेडकाे बजेट विनियोजन गरेको छ ।

बजेटकाे स्राेततर्फ आन्तरिक आम्दानी ४ अर्ब ९८ कराेड अनुमान गरिएको छ भने बाँकी रकम संघीय सरकारको अनुदान हो ।

बजेटमा कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ ।

बजेट-वक्तव्य-२०८१ (1)

Leave a Reply

Your email address will not be published. Required fields are marked *