Skip to main content

Epost Nepal

जनता समाजवादी पार्टी नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

३० जेठ, जनकपुर – जनता समाजवादी पार्टी नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

लामो समयदेखि जसपाको नेतृत्व गर्दै आएका यादव पुनः  निर्विरोध अध्यक्ष बनेका हुन् ।

जनकपुरधाममा सोमबारदेखि जारी पार्टीको तीन दिने प्रथम एकता महाधिवेशनअन्तर्गत आज अन्तिम दिन भएको उम्मेदवारी दर्तामा अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

१८ वर्ष अगाडि यादवकै नेतृत्वमा मधेसी जनअधिकार फोरम नेपाल गठन भएर पटक-पटक पार्टीको नाम परिवर्तन भए पनि अध्यक्षमा यादवले नै नेतृत्व गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *