Skip to main content

Epost Nepal

त्रिभुवन विश्वविद्यालयले पायो रजिष्ट्रार र रेक्टर

३० चैत्र, काठमाडौं – प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल र रेक्टरमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेका छन् ।

रिजाल त्रिवि वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने केसी भने अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुन् ।

उपकुलपति प्रा.डा केशरजंग बरालले केही समयअघि नै दुई जनालाई नियुक्तिका लागि सिफारिस गरेका थिए । तर उनीहरूलाई नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डले समय लगाएका थिए ।

त्रिविमा तीन महिनादेखि रजिष्ट्रार र पाँच महिनादेखि रेक्टर निमित्तको भरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *