Skip to main content

Epost Nepal

नयाँ पुरानो जोसुकैले गरेको भएपनि भ्रष्टाचार भ्रष्टाचार हो : गगन थापा

२४ चैत्र, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पुरानो जोसुकैले गरेको भएपनि भ्रष्टाचार भ्रष्टाचार हुने र त्यसबाट कसैले पनि छुट नपाउने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले भने ‘भ्रष्टाचार काँग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ,नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टचार नै हुन्छ,’।

त्यस्तै महामन्त्री थापाले जतिसुकै शक्तिशालीले र जतिसुकै कमजोरले गरेको भएपनि ठगी ठगी नै हुने र त्यसबाट कसैले छुट नपाउनु नहुने बताए।

‘सर्वसाधारणले गरेको कुनै काम ठगी हो भने शक्तिशालीले गरेको ठगी पनि ठगी नै हो । यदी सर्वसाधारणले गरेको कुनै काम कीर्ते हुन्छ भने शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुन्छ । एउटा सामान्य मान्छेले वडामा गएर सार्वजनिक सम्पतीको दुरुपयोग गर्छ भने त्यसले मन्त्री भएर यदी सार्वजनिक सम्पतीको दुरुपयोग गर्छ भने त्यो भ्रष्टाचार नै हुन्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *