Skip to main content

Epost Nepal

प्रहरी अधिकारी र कर्मचारीलाई कारबाही गर्न गृह मन्‍त्रालयले बनायो समिति

११ चैत्र, काठमाडौं – ९ किलो र ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धानमा संलग्न प्रहरी अधिकारी र कर्मचारीलाई कारबाही गर्न गृह मन्‍त्रालयले समिति बनाएको छ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० ले गरेको छानबिन प्रतिवेदनले निजामती कर्मचारी र प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेसँगै त्यसलाई कार्यान्वयन गर्नका लागि गृहले समिति बनाएको हो।

गृह मन्‍त्रालय कानून महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा तीन सदस्‍य समिति बनाएको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल र उपसचिव रामबहादुर शाही सदस्यहरू छन्।

जाँचबुझ आयोगले प्रहरीका उच्च अधिकृत सहितलाई विभागीय कारबाहीको सिफारिस गरेको थियो।

तत्कालीन सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डिएसपीद्वय दुर्गा दाहाल र रूगम कुँवरले अनुसन्धानमा लापरबाही गरेको भन्दै कारबाही सिफारिस गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *