Skip to main content

Epost Nepal

महिला प्रहरीको गोली हानेर हत्या, श्रीमान्ले नै चलाएका थिए गोली

३ फागुन, काठमाण्डौं – दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा श्रीमान्‌को गोली प्रहारबाटड्युटीमा रहेको बेला बिहीबार राति मृत्यु भएको हो । उनलाई ढाडमा तीन राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तालिम केन्द्र नेपालगन्जमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्री बिहीबार घोराही आएर थापाको हत्या गरेको आशंका छ । श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

गोली हानी भाग्दै गरेका झाँक्रीलाई अर्जुनखोलाबाट पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *