Skip to main content

Epost Nepal

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ गतेदेखि

३ फागुन, काठमाण्डौं –  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ गतेदेखि बस्ने भएको छ ।

बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले फागुन ८, ९ र १० गते पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिएका हुन् । बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डाहरु तय गरेको छ ।

पोखरेलका अनुसार वर्तमान राजनीतिक अवस्थाको समिक्षा, सांगठनिक प्रतिवेदन र संगठन सुदृढिकरण सम्बन्धी विशेष प्रस्तावहरु राख्ने तय भएको महासचिव पोखरेलले जानकारी दिए । सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा ३ जनालाई मनोनित गर्ने निर्णय गरेको छ ।

मनोनित हुनेहरुमा काठमाडौंका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *