Skip to main content

Epost Nepal

अनुशासन इन्चार्ज नराख्न काठमाडौं  महानगरपालिकाको निर्देशन

६ पुस, काठमाडौं – काठमाडौं महानगरभित्र सञ्चालित विद्यालयलाई अनुशासन इन्चार्ज (डिआई) नराख्न महानगरपालिकाले निर्देशन दिएको छ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सूचना जारी गर्दै विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्नका लागि डिआई नराख्न सूचित गरेका हुन्।

अनुशासन इन्चार्ज तोकिएको व्यक्तिले विद्यार्थीमा भय सिर्जना गर्ने, शारीरिक सजाय दिने तथा मनोवैज्ञानिक रूपमा नकारात्मक प्रभाव पर्ने गतिविधि गरेको भन्दै महानगरले यस्तो निर्देशन दिएको हो।

सूचना:

Leave a Reply

Your email address will not be published. Required fields are marked *