Skip to main content

Epost Nepal

प्रसाईँको कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौँ, ७ मङ्सिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको कार्यक्रममा झडप भएको छ।

बल्खुमा जम्मा भएको प्रदर्शनकारी कालीमाटी हुँदै सहर जानेछन् भनेर प्रसाईँले आव्हान गरे पछि प्रहरीले रोकेको हो ।

प्रदर्शनकारी कालीमाटीतर्फ जाने र प्रहरीले रोक्ने भएपछि झडप सुरु भएको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको कार्यक्रममा प्रहरीले अश्रुग्याँस छाडेको छ।

प्रसाईँले अब आन्दोलनकारी `सहर पस्ने´ भने पछि कालीमाटीतर्फ बढे पछि प्रहरीले रोकेको थियो ।

प्रहरीले रोके पछि दुवै पक्ष बिचमा झडप सुरु भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

बल्खुको स्थिति तनावग्रस्त बनेको छ। प्रहरी र प्रदर्शनकारी बिच झडप जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *