Skip to main content

Epost Nepal

कोसी काँग्रेसमा गडबड जारी, दलका नेताले दिए राजीनामा

विराटनगर, २७ असोज । कोसीमा नेपाली काँग्रेसका विद्रोही उम्मेदवार केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भए पछि काँग्रेस भित्रको राजनीतिक परिवर्तन जारी छ ।

नेकपा एमालेको समर्थनमा शेखर कोइराला पक्षधरका कार्की मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै कोसी काँग्रेसका संसदीय दलका नेताले राजीनामा दिएका छन् ।

नेपाली काँग्रेस कोसी प्रदेशका सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका हुन । उनी यसअघि दुई दुई पटक मुख्यमन्त्रीमा नियुक्त भए पनि सर्वोच्च अदालतले उनलाई दुवै पटक बर्खास्त गरेको थियो ।

सत्ता गठबन्धनको निर्णय विपरीत आफ्नै पार्टी कार्की मुख्यमन्त्री नियुक्त भए पछि नैतिकताको कारण देखाउँदै उनले आफ्नो पदबाट राजीनामा दिएको जनाइएको छ ।

प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका घटनाक्रमले नैतिक रूपमा दलका नेतामा बस्न उपयुक्त नभएको थापाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *