Skip to main content

Epost Nepal

दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

नुवाकोट, १९ असोज । मेघाङ गाउँपालिका-२ बुङताङबाट भरुवा बन्दुक २ थानसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५२ वर्षीय सिंह तामाङ र २७ वर्षीय साहिल तामाङ रहेका छन् ।

 

सोही ठाउँस्थित भाडा बनाउने आरनमा भरुवा बन्दुक मर्मत गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बन्दुक मर्मत गर्न ल्याउने दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *