Epost Nepal

पहिले प्रेम, पछि प्रहार: कारागारमै चिनिएका पूर्व हवल्दार कँडेलको हत्या

१९ मंसिर, काठमाडौं – यसअघि व्यक्ति हत्या मुद्दामा दोषी ठहरिएर जेल पुगेका एक व्यक्तिले छुटेपछि पुनः अर्को हत्या गरेकाे तथ्य सार्वजनिक भएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवन रत्ननगर नगरपालिका–६ का ४७ वर्षीय बुद्धिराम दराईलाई ४५ वर्षीया पूर्वप्रहरी हवल्दार सीता कँडेलको हत्या आरोपमा पक्राउ गरेको छ। घटनाबारे सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

२०७८ चैत ३१ मा लमजुङको बेसिशहर नगरपालिका–२ भकुण्डेको एउटा घरबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बाहिरबाट ताला लागेको घरको ढोका फोडेर प्रवेश गर्दा पलङको बक्स मुनी त्रिपालले बेरेर राखिएको अवस्थामा कँडेलको शव भेटिएको थियो। शव लुकाएर राखिएको पाइसकेपछि अनुसन्धानमा सीआईबीको टोली परिचालन भएको र सो क्रममा बुद्धिरामको संलग्नता प्रमाणित भएको थियो।

झन्डै आठ महिना फरार रहेका दराईलाई सीआईबीले बिहीबार रुपन्देहीस्थित नेपाल–भारत सीमामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लमजुङलाई बुझाएको छ।

अनुसन्धानमा उनले यसअघि पनि हत्या गरेको इतिहास रहेको खुलाइएको छ। विवाहसम्बन्धी विवादका कारण उनले गोरखा फिनाम गाविस–५ की ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या गरेका थिए। पाण्डेकी छोरी सम्झनासँग विवाहको विवाद भएपछि बुद्धिरामले आमामाथि घातक हमला गरेका थिए। त्यस घटनामा दोषी ठहरिएर उनी कारागार चलान भएका थिए।

भीमफेदी कारागारमा बस्दा त्यहाँ सुरक्षामा खटिएकी हवल्दार (हाल मृत) सीता कँडेलसँग उनको चिनजान र नजिकको सम्बन्ध बनेको थियो। पछि जेलमुक्त भएपछि त्यही कँडेलको हत्या गरेको सीआईबीले पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search